शुद्धोधनमा जसपाको वडा भेला स्वागत तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न
कार्तिक ६, कपिलवस्तु ।
“संघीयता, सु-शासन, समृद्धि र समाजवाद”को मूल नाराका साथ कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा जनता समाजवादी पार्टी, नेपाल वडा नं. ४ मा वडा भेला स्वागत तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भयो ।
जनता समाजवादी पार्टी, नेपालमा करिब २७६ जनाले पार्टी प्रवेश गरेका छन् । लोकतान्त्रिक समाजवादीमा गएकाहरु पनि जसपामा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई जसपा नेता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका सहसराम यादवले स्वागत गरेका थिए ।
प्रमुख अतिथि समेत रहेका मन्त्री यादवले आफु भौतिक पुर्वाधार मन्त्री भएपछि कपिलवस्तुमा बजेटले प्राथमिकता पाएको बताउदै त्यस क्षेत्रमा विकासले फड्को मार्ने बताए । उनले नव प्रवेशीहरुलाई ईमान्दारिताका साथ पार्टिमा रहेर काम गर्न सुझाएका थिए ।
कार्यक्रममा पुर्व मन्त्री तथा जसपा प्रदेश इन्चार्ज दानबहादुर चौधरी, प्रदेश उपाध्यक्ष अब्दुल रसिँद खाँ, मायादेवी गाउँपालिका अध्यक्ष बजरंजी चौधरी, शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद खाँ, जिल्ला अध्यक्ष शैलेन्द्र यादव, वडा अध्यक्ष मनोज यादव, वडा नं.५ वडा कमिटी अध्यक्ष राम शंकर यादव लगायतका सहभागीहरु रहेका कार्यक्रम अध्यक्ष रामकुमार यादवले बताएका छन् ।




















प्रतिकृया दिनुहोस्