‘टेक एण्ड पे’राम्रो गर्नको लागि ल्याइएको थियो तर हटाइयो’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा राखिएको ‘टेक एन्ड पे’को प्रावधानले नराम्रो गर्ला कि जस्तो भएपछि हटाइएको बताएका छन् ।मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले टेक एण्ड पे राम्रो गर्नको लागि ल्याइएको तर नराम्रो गर्ला कि जस्तो लागेर हटाइएको बताएका हुन् ।
उनले भने, ‘टेक एण्ड पे’ राम्रो गर्नको लागि ल्याइएको थियो, नराम्रो गर्ला कि जस्तो लाग्यो हटाइयो ।’हिजो सत्ता पक्षका शीर्ष नेताहरुबीच छलफल गरेर ‘टेक एण्ड पे’ हटाउने निर्णय गरेको थियो । सांसदले ‘टेक एन्ड पे’ किन ल्याएको र किन हटाएको ? भनेर प्रश्न गरेका थिए । सांसदले त्यसरी नै बजेटका व्यवस्था हटाउने हो भने बजेट संशोधन गर्न नै प्रधानमन्त्री अगाडि सर्नुपर्ने प्रस्ताव राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘टेक एन्ड पे राम्रो गर्नका लागि ल्याइएको थियो । नराम्रो गर्ला कि जस्तो भयो हटाइयो ।’
टेक एण्ड पे’ नहटाए कांग्रेसले बजेट पास गर्न नदिने अडान लिएपछि हिजो सत्ता पक्षका शीर्ष नेताहरुबीच छलफल गरेर हटाउने निर्णय गरेको थियो ।
शासकीय सुधारका विभिन्न कार्यक्षेत्रमा सुधार गर्नुपर्ने विषयमा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गरिएको जानकारी दिए ।अन्धाधुन्ध काम गर्नुभन्दा त्यसैमा केन्द्रित भएर खोज, अध्ययन, अनुसन्धान गर्न र त्यसमा आधारित भएर सिफारिस र प्रेसक्रिप्सनहरुमा काम अघि बढाउनु उचित हुने उनले धारणा राखे ।उनले भने,‘शासकीय सुधारका विभिन्न कार्यक्षेत्रमा सुधार गर्नुपर्ने विषयमा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गरिएको हो । अन्धाधुन्ध काम गर्नुभन्दा त्यसैमा केन्द्रित भएर खोज, अध्ययन, अनुसन्धान गर्न र त्यसमा आधारित भएर सिफारिस र प्रेसक्रिप्सनहरुमा काम अघि बढाउनु उचित हुन्छ ।’



















प्रतिकृया दिनुहोस्