July 12, 2026, Sunday
२०८३ असार २८, आईतवार

काठमाडौं महानगरले २५ अर्ब ११ करोड ४३ लाखको बजेट ल्याउने

काठमाडौं। काठमाडौं महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने भएको छ। शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले खर्च र आम्दानीको आधारमा आगामी वर्षको लागि सीमा निर्धारण गरेको हो। सो क्रममा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने भएको महानगरका सहप्रवक्ता ध्रुव काफ्लेले जानकारी दिए।

Advertisement

उनका अनुसार आगामी वर्षका लागि सबैभन्दा धेरै बजेट भौतिक तथा पूर्वाधार क्षेत्रका लागि छुट्याउन सिफारिस गरेको छ। पूर्वाधारका लागि ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रका लागि २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि छुट्याउन सिफारिस गरेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0