भारतको उत्तराखण्डमा भीषण बाढीमा परी चार जनाको मृत्यु, ५० बेपत्ता

- lumbini tajakhabar
- २०८२ श्रावण २०
- 271 views
काठमाडौं।भारत उत्तराखण्डको उत्तरकाशीमा भीषण बाढी आएको छ । बाढीमा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य ५० जना बेपत्ता भएको बीबीसीले जनाएको छ । बाढीमा दर्जनौँ मानिस फसेको आशंका गरिएको छ । उद्धारका लागि उत्तरकाशी जिल्लाको धराली गाउँमा सेनाका कर्मचारीसहित उद्धार टोली पुगेको छ ।
स्थानीय समयानुसार, मंगलबार दिउँसो साढे १ बजे एक्कासि बाढी आएको हो । बाढी जनजीवन अस्तव्यस्त बनेको छ भने सञ्चार सम्पर्क टुटेको छ । बाढीबाट प्राचीन कल्पकेदार मन्दिर पनि पुरिएको छ ।मुख्यमन्त्री पुष्कर सिंह धामीले बाढीमा फसेकाको उद्धारकार्य जारी रहेको बताएका छन् ।

-
गैडहवा २ मा मलखाद आख्तियरको हिरासतमा
२०८० श्रावण १४ -
प्रधानाध्यापकको निर्देशनमा कुटिए समितिका सदस्य
२०८० आश्विन १०

















प्रतिकृया दिनुहोस्