मायादेवीमा धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस
कार्तिक १६, कपिलवस्तु ।
जिल्ला कपिलवस्तुको मायादेवी गाउँ पालिका वडा नं.१ पकडीमा “आयुर्वेद विकासको आधार, जनशक्ति विकास र पूर्वाधार” को मूल नाराका साथ धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाउनुभएका छन् ।
धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस कार्यक्रम प्रत्येक बर्ष हर्षउल्लासका साथ मनाउदै आएका छन् । धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मायादेवी गाउँ पालिका उपाध्यक्ष गीता तिवारीएले कार्यक्रम उदघाटन गरेको छिन् ।
उक्त कार्यक्रमको उपस्थिति कार्यक्रम अध्यक्ष वडा नं.१ का अध्यक्ष हरिगोविन्द चौधरी, प्रमुख अतिथि मायादेवी गाउँपालिका उपाध्यक्ष गीता तिवारी, विशिष्ट अतिथि जसपा लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरी, लोसपा शुद्धोधन गाउँपालिका कमिटी अध्यक्ष कमलेश शरण चौधरी, वरिष्ठ कविराज तथा आयुर्वेद शाखा प्रमुख रेखा शुक्ला, बैद्ध सुधाकर त्रिपाठी, योग्य गुरु, श्री क्षत्रपालि तिर्था देवी उच्च मा.वि. का प्रा.नारेन्द्र चौधरी, स्वास्थ्य शाखा प्रमुख लगायत अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
मायादेवी गाउँ पालिकाको कार्यालय आयुर्वेद शाखा पकडी क.व. को आयोजनामा धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस कार्यक्रम सु-सम्पन्न भयो ।




















प्रतिकृया दिनुहोस्