कपिलवस्तु शुद्धोधनमा १० वटा अपाङ्ग मैत्री स्कुटी वितरण भयोे:
लुम्बिनीताजाखबर, भाद्र १६, कपिलवस्तु।
दैनिक जीवनमा सहजता ल्याउन कपिलवस्तु शुद्धोधन गाउँपालिकाले १० वटा अपाङ्ग मैत्री स्कुटी वितरण गरियो।
अपाङ्गताका कारण हिँडडुल गर्न नसक्दा कष्टकर जीवन बिताईरहेकालाई सो स्कुटी प्रदान गरिएको हो।
शुद्धोधन गाउँपालिका कपिलवस्तु अध्यक्ष कमलेश शरण चौधरी र उपाध्यक्ष होम प्रकाश चौधर द्वारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई स्कूटी वितरण कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक वर्ष ०७८/०७९ को स्कुटी वितरण कार्यक्रम भए तापनि स्थानीय निर्वाचनको कारण समयमा खरिद प्रकृया पूरा गरी वितरण हुन नसकेको ले यी स्कूटीहरु आज अपाङ्गहरुलाई वितरण गरिएको हो र स्कुटी पाए पछि अपाङ्गता भएका खुसी र हर्षित भएका छन् ।
यसै कार्यक्रममा सुभकामना मन्तवा दिदे शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई स्कूटी सावधानीका साथ आफू मात्र प्रयोग गर्ने निर्देशन यदि स्कूटी को दुरुपयोग गरेको पाइएमा कानून अनुसार कारवाही गरी उक्त स्कुटी फिर्ता गराइनेछ ।
बिहीबार गाउँपालिका प्रमुख कमलेश शरण चौधरी, उप प्रमुख होमप्रकाश चौधरी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले उनीहरुलाई स्कुटर र साँचो हेलमेट हस्तान्तरण गरेका थिए। स्कुटर यमह कम्पनीको १ सय १३ सिसिको रहेको छ। प्रमुख चौधरीले बताए।
सानै उमेरमा पोलियोका कारण खुट्टामा समस्या आएर हिँडडुल गर्न नसकेका पालिकाको वडाहरुबाट प्राथमिकताका आधारमा छनौट गरी १० जनालाई स्कुटर प्रदान गरिएको प्रमुख चौधरीले जानकारी दिए।
‘घिस्रिएर हिँडन पर्दा घरमै सीमत भएका व्यक्तिहरुको दैनिक जीवनकाे सहजताका लागि हामीले उनीहरुलाई स्कुटी दिएका हौ’ उनले भने। स्कुटी पाएर दुःखी जीवन बिताईरहेको उनीहरुको खुसीको लहर आउने उनले बताए। ‘स्कुटीले उनीहरुलाई आउजाउ गर्न मात्र हाेइन अब आफैँलै केही गररे जीवन गुजारा समेत गर्न सक्छन्’ उनले भने।
पालिका उप प्रमुख चौधरीले अपांगता भएका व्यक्तिहरुको दुःखी जीवन देखेर नै पालिकाले उनीहरुलाई स्कुटी दिएको बताए । स्कुटर पाएर अपांगता भएका व्यक्तिहरु खुसी भएका छन्। उनीहरुले दुःखी जीवनमा स्कुटीले खुसी दिएको बताए।
पोलियोका कारण खुट्टा नचल्ने भएपछि समस्यामा परेका पालिका ३ लबनी का कलमुद्दिन डफालीले अब आफूले पनि केही व्यापार गरेर घरलाई सहयोग गर्ने बताए। ‘खट्टा नचल्दा घरको बोझ बनेर बसेको छु स्कुटीले अब भने केही गर्ने जागर आएको छ ।’
प्रतिकृया दिनुहोस्