दि लेप्रोसी मिसन नेपालद्वारा अपाङ्गता भएका परिवारलाई रु.६०,०००/- को सहयोग :
राजकुमार चमार, भाद्र २०, शुद्धोधन, कपिलवस्तु ।
जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं.१, प्रगतीनगरमा दि लेप्रोसी मिसन नेपालद्वारा अपाङ्गता भएका परिवारलाई रु.६०,०००/- आर्थिक सहयोग गरेका छन्।
शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीको बिषेश पहालमा एउटै परिवारको ३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई व्यपार गर्न दि लेप्रोसी मिसन नेपालले सहयोग गरेको छ । साथै यो पुँजी पाएर व्यापार गर्न परियारका परिवार धेरै खुसी भएका अध्यक्ष चौधरीले बताका छन् ।
दि लेप्रोसी मिसन नेपालद्वारा संचालित फाउण्ड परियोजना अपाङ्गता भएका नेपाली व्यक्तिहरुको रोजगारीमा सहयोग गर्दै आएको यो फाउण्ड परियोजना नेपालका ५ ओटा जिल्लामा संचालित छ । काठमाडौं, ललितपुर, मोरङ, रूपन्देही तथा कपिलवस्तु जिल्लामा संचालित छ । फाउण्ड परियोजना उद्योग वाणिज्य महासंघ नेपाल, राष्ट्रिय अपाङ्ग महासंघ तथा दि लेप्रोसी मिसन नेपालको संयुक्त साझेदारीमा संचालित छ । १८-४५ बर्ष सम्मका अपाङ्गता भएका नागरिकहरुलाई विभिन्न किसिमको व्यवसायमा सहयोग गर्दै आएको तथा विभिन्न औपचारिक रोजगारीमा जोड्ने काम गरिरहेको छ । फाउण्ड परियोजनाका रोजगार परामर्शकर्ता गिता अर्यालले कार्यक्रम सञ्चालन गर्नु भएका छिन् ।
tải kinemaster crack tải kinemaster crack
प्रतिकृया दिनुहोस्