January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार

कपिलवस्तुका स्थानीय सरकार भाडाको घरमा

सनिउल्ला धोबी, २५, कपिलवस्तु।

Advertisement

कपिलवस्तुका १० मध्ये ३ स्थानीय तहका कार्यालय भाडामा सञ्चालित छन । जिल्लाको शिवराज नगरपालिका, मायादेवी गाँउपालिका र शुद्धोधन गाँउपालिका भाडाको घरमा सन्चालनमा रहेका छन ।

स्थानिय तह घोषणा भएको ६ बर्षको अवधी सकिए पनि स्थानिय सरकारले आफनै भवन निर्माण गर्न सकेका छैन्न । शिवराज नगरपालिकाले चन्द्रौटा, मायादेवी गाँउपालिकाले पकडी र शुद्धोधन गाँउपालिकाले लबनीमा घर भाडामा लिएर कार्यालय सन्चालन गरिहरेको छ ।

यहाँको कपिलवस्तु, महराजगंज, कृष्णनगर, बाणगंगा र बुद्धभुमी नगरपालिकाले आफ्नै प्रशासकीय कार्यालय बनाएका छन । त्यस्तै यशोधरा गाँउपालिका र विजयनगर गाँउपालिकाको आफ्नै भवननिर्माण भैसकेको छ ।

प्रत्येक स्थानीय तहले वार्षिक १२ लाखभन्दा बढी रकम कार्यालय भवनमै बुझाउनुपर्ने देखिएको छ । शिवराज नगरपालिकाले कार्यालय व्यवस्थापन तथा कर्मचारी आवासका लागि घर भाडामा लिएको छ । कपिलवस्तुमा स्थानीय तह गठन भए तर भौतिक पूर्वाधार अपुग रहेको छ । यहाँको तिन पालिकाले आफ्नै भवन निर्माण गर्न समस्यामा रहेको छ ।

जिल्लाको शिजराज नगरपालिकाले मासिक १ लाख १७ हजार घर भाडा तिर्दै आएको छ । त्यस्तै मायादेवी गाँउपालिकाले मासिक १ लाख भाडामा तिर्नु परेको छ ।

मायादेवीले कार्यालय सन्चालनको लागि ३ वटा भवन भाडामा लिएको छ । शुद्धोधन गाँउपालिकाले पनि मासिक करिब १ लाख रकम घरभाडा वापत तिर्दै आएको छ ।

आफ्नै भवन नभएकाले भाडाको घरमा साँघुरै भए पनि काम चलाइरहेको पालिका शिवराज नगरपालिकाका लेखा अधिकृत राम चन्द्र मरासिनीले बताउनुभयो ।

शिवराजको आफ्नै भवन निर्माण कार्य अलपत्र रहेको छ । आफ्नो भवन नबनुन्जेल केही समस्या हुने गरेको लेखा अधिकृत मारासिनीले बताउनुभयो । एक वर्षका लागि १४ लाख भन्दा बढी खर्चिएर कार्यालयको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

शुद्धोधन गाँउपालिकाले आफ्नो भवन निर्माणको लागि जग्गा क्षनोट कार्य अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत क्रषिराम पन्थीले बताउनुभयो । बार्षिक

१२ लाख बुझाउनु परेको छ अब छिटै कार्यालय निर्माणको काम अघि बढने अधिकृत पन्थीले बताउनुभयो ।

मायादेवी गाँउपालिकाका प्रमुख प्रशासकीय प्रमेश्वर यादवले अबको केही महिनामा आफ्नै भवनमा सर्ने योजना रहेको बताउनुभयो । मायादेवी गाँउपालिकाको भवन निर्माण कार्य अन्तीम चरणमा पुगेकाले आउने तिहार सम्म आफ्नै भवनमा जाने प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0