September 14, 2026, Monday
२०८३ भाद्र ३०, मंगलवार

कञ्चन गाउँपालिकामा बिद्यालय खेलकुद शिक्षक कोर्स कार्यक्रम

दीपक जैसवाल, पुष ८, सुर्यपुरा रुपन्देही।

Advertisement

जिल्ला रुपन्देही कञ्चन गाउँपालिकामा बिद्यालय खेलकुद शिक्षक कोर्स कार्यक्रम पौष ८ गते देखि २२ गतेसम्म सन्चालन हुने भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक संगम सिंह थापाले आफू रुपन्देही बासिन्दा भएकोले रुपन्देहीको ठाउँबाट आफुलाइ नेपाल खेलकुद विज्ञानको प्रतिष्ठान निर्देशक सम्म पुगेको बताउदै कञ्चनमा शिक्षा सगै खेलकुद बिकासमा आफ्नो प्रतिष्ठानले सधै सकारात्मक सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो ।

कञ्चन गाउँपालिका उपाध्यक्ष मौशमी थापा, प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थी , कञ्चन गाउँपालिका वाड न १ का अध्यक्ष हरिनारायण थारु, गाउँपालिका प्रवक्ता तथा कार्यपालिका सदस्य चित्रलाल तुलाचनले आआफ्नो भनाइ राख्दै शिक्षा र खेलकुद अती आवश्यक शिक्षाभएको बताउदै कञ्चन गाउँपालिका भित्र स्वास्थ्यको लागि आवश्यक खेलकुद जस्तै महत्त्वपूर्ण तालिम लिएर कञ्चनका १९ सामुदायिक बिद्यालय र ११ संस्थागत बिद्यालयका शिक्षक लाई भलिबल , खोको लगाएत ६ खेलको तालिम दिने प्रशिक्षक र नेपाल खेलकुद प्रतिष्ठानलाई धन्यवाद दिदै उपस्थिति सम्पूर्ण शिक्षकले कञ्चनको शिक्षा खेलकुदलाई परिवर्तनमा यो तालीमबाट महत्त्वपूर्ण भुमिका खेल्न सहयोग पुग्नेमा गाउँपालिका आसावादी रहेको भनाइ राख्नु भएको थियोे ।

कार्यक्रममा शिक्षा युवा तथा खेलकुद कञ्चन प्रमुख रमेश भुसालले कञ्चनमा शिक्षा गुणस्तरीय र खेलकुद बिकासको लागि गाउँपालिका संग समन्वय गरेर धेरै उपलब्धि गरेको बनाउदै शिक्षार खेलकुदमा आफुले सधै बिद्यालय र बिद्यार्थीलाई सहयोग गर्ने बताउदै उपस्थिति सम्पूर्ण लाई स्वागत गर्नु भएको हो ।

कार्यक्रममा प्रशिक्षक सुलचना सिजख्वा कार्यक्रमको जानकारी दिदै कञ्चनलाई खेलकुदको बिकासमा जोडन प्रतिष्ठान तयार रहेको बताउनु भयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0