कालीदह ककरहवा सीमा नाका देखि काठमांडू को लागि बस संचालनमा
लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं १३ मा रहेको कालीदह बार्डरमा आज नयाँ साल २०८१ / ०१ / ०१ गते को उपलक्ष्यमा कालीदह ककरहवा सीमा नाका देखि काठमांडू सम्म पश्चिम नेपाल बस व्यवसायी प्रा लि को आयोजनामा प्रधान कार्यालय बुटवल ले नयाँ बस संचालन मा ल्याए को छ।

यस कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी सांस्कृतिक नगर पालिका का नगर प्रमुख सजरूद्दीन मुसलमान रहेका थिए । भने पश्चिम नेपाल बस व्यवसायी प्रा लि का कार्यक्रम संचालक चेत नारायण बेलबास रहेका थिए।

विशिष्ट अतिथि लुम्बिनी ताजा खबर का निर्देशक राजन कुमार मिश्रा, विशिष्ट अतिथि लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं १३ का भूतपूर्व वार्ड अध्यक्ष मन्जूर अलि , अतिथि भूतपूर्व प्रधान राम लखन यादव ,अतिथि श्री माँ बैष्णो देवी मन्दिर का वरिष्ठ पुजारी आसामी बाबा, अतिथि समसुजहा शेष , अतिथि लल्लू मुसलमान ,अतिथि समसुल होदा शेष , कार्यक्रम उदघोषक बृजेश चौरशिया, अतिथि कालीदह शस्त्र सीमा बलका इनस्पेक्टर अतिथि कालीदह प्राहरी चौकीका सई लगायत उपस्तिथी रहेका थियो ।

लुम्बिनी सांस्कृतिक नगर पालिका का नगर प्रमुख सजरूद्दीन मुसलमान कार्यक्रममा बोल्दै आज नयाँ सालको उपलक्ष्यमा हाम्रो क्षेत्र को लागि खुशी को कुरा हो पहिला काठमांडू जान को लागि पडरिया जानू पर्थ्यो अब कालीदह ककरहवा सीमा नाका बाट सजिलै काठमांडू जान सकिन्छ ।

तथा नयाँ सालको शुभकामना दिदै कालीदह बार्डरमा रहेका नाली सरसफाई , बस आवत जातमा तारहरुले गर्दा समस्य भईरहेकोले तारहरुलाई व्यवस्थिती गर्न , बस पार्कको व्यवस्थावन गर्न तथा नयाँ सार्वजनिक चर्पी निर्माण गर्ने प्रतिबध्ता पनि गर्नु भयो । नगर प्रमुख सजरूद्दीन मुसलमानले रिबन काटी बसमा बसेर बस संचालन गर्न भयो ।

विशिष्ट अतिथि भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर दुल्हा शुमाली का ग्राम पंचायत प्रधान दीलीप कुमार पाण्डेय कार्यक्रममा बोल्दै हाम्रो लागि आज धेरै खुशी को कुरा हो भारत – नेपाल को रोटी बेटी को सम्बन्ध यसरीनै बनी रहोस अब नेपाल को मात्रै नभई हामी भारतीयले पनी कालीदह ककरहवा देखी काठमांडू को अवसर को फाईदा लिन सक्नेछौ । दीलीप कुमार पाण्डेयको उपस्थितिमा नयाँ बर्ष को उपलक्ष्यमा कालीदह ककरहवा सीमा नाका देखि काठमांडू को लागि बस संचालनमा आएको छ।

उक्त बस कालीदह ककरहवा सीमा नाका देखी दैनिक साँझ ६ः ३० बजे काठमांडू को लागि प्रस्थान हुने कालीदह सीमा नाका पश्चिम नेपाल बस व्यवसायी प्रा लि का टिकट काउंटर संचालक मोनु शेषले जानकारी दिए। टिकट को लागि सम्पर्क नं. +9779745410434,+919670828229



















प्रतिकृया दिनुहोस्