किसान जहिले नि पिरमा :किन?
कार्तिक २८, कपिलवस्तु ।
नेपाल एक कृषि प्रधान देश भएपनि यहाँका कृषकहरु बर्सेनि मलखाद खरिद र अन्नबाली बिक्रि प्रक्रियामा धेरै नोक्सान बेहोर्दैआएका छन् ।
यश आर्थिक बर्ष मा बेमौसमी बर्षा को कारण कृषकहरु को धान खेती एक चौथाइ नस्ट भएको छ।
आजको किसानले आफ्नो अन्नबाली सरकारले तोकिएको दर भन्दा २५% कम पाएर बिचौलिया लाई बेच्न बाध्य छन,भने रासायनिक मलखाद सरकारले तोकिएको दर भन्दा ३५% बढी रकम तिरेर किन्नु परेछ ।
यस जिल्ला कपिलवस्तुको शुद्धोधन गाउपालिका लबनीमा यस आर्थिक वर्ष पनि मलखाद्यको अभावमा कृषकहरू छट्पहिनु परेको छ । यता” बेमौसमी बर्षाले धानबाली नष्ट भएर गएको सबैलाई जानकारी नै छ । गेँहू खेतीको लागि मलखाद्य नपाएर अझै जीवन कस्टकर देखिन थालेको छ ।सरकारी दर रेट अनुसार युरिया रु.८५० र डिएपी रु.२३५० पाउनुपर्ने तर स्थानीय बजारमा भने युरिया रु.१४०० र डिएपी रु.३४०० मा बिक्रीवितरण भइरहेको जानकारी गराउदै छौं ।
मलखाद्य महँगो भएपछि स्थानीय कृषकहरू छिमेकी राष्ट्रिय भारत बाट ल्याउन बाध्य भएका कृषकहरू को यस्तो समस्या प्रति बिशेष ध्यानाकर्षण गर्न सम्बन्धित निकाय सँग जोदार माग गर्द छौ । यसर्थ समयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन नसकेकोमा हामी स्थानीय साधारण कृषकहरू वर्ग ले शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुनेछौं” भनेर स्थानीय कृषकहरुले शुद्धोधन गाउपालिका मा ज्ञापनपत्र समेत बुझाएका छन ।
पालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रशाद ज्ञवाली ले तत्कालै कालो बजारी रोक्न सम्बन्धित स्थानीय निकायहरुलाइ चिट्ठी पठाउन पालिका कृषि शाखा प्रमुख राजेश कुमार चौधरीलाई भने।
प्रतिकृया दिनुहोस्