गैडहवालाई बाल-विवाह मूक्त बनाउन २ दिने कार्यक्रम सम्पन्न -रिंकला हरिजन
गैडहवा किशोर किशोरी युवा साथी सञ्जालको आयोजन र सुनगाभा समुदायिक विकास केन्द्रको सहयोगमा गैडहवा गाउँपालिका र सूर्यपुरा ईलाक प्रहरी कार्यालयको समन्वयमा गैडहवा गाउँपालिकालाई बाल-विवाह मूक्त बनाउनको लागी माईकिं र पम्पलेट बितरण २ दिने कार्यक्रम सम्पन्न भएको छ।

गैडहवा गाउँपालिकाको विभिन्न गाउँ ‘ चोक – चोक र विद्यालयहरुमा गैडहवा किशोर किशोरी युवा साथी सञ्जाल को टीम पुगी माईकिं र पम्पलेट बाड्दै र बालविवाह अन्त्य गर्नलाई साथ सहयोगको लागी आग्रह गर्दै कार्यक्रम पुर्ण रुपमा
सम्पन्न भएको हो ।

विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो ।
यसका लागि प्रायः सबै मुलुकहरूले विवाहको लागि न्यूनतम उमेर तोकेका हुन्छन् । नेपालको मुलुकी ऐनमा विवाहको लागि कानुनी उमेर २० वर्ष तोकिएको छ । नेपालको संविधानले बाल विवाहलाई पहिलो पटक बालअधिकार हनन्को विषयको रूपमा उल्लेख गरी दण्डनीय अपराधको रूपमा स्वीकार गरेको छ । बालविवाह उच्च रहेको मुलुकहरूमध्ये नेपाल अग्रपंक्तिमा रहेको छ ।

महिलाभन्दा पुरुषको उमेर सामान्यतया बढी हुनुपर्ने सामाजिक एवम् सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरिबी, अशिक्षा, असुरक्षा जस्ता कारणहरू प्रमुख रूपमा देखिएका छन् ।
बालविवाहले बालबालिकाहरूलाई आधारभूत अधिकारबाट वञ्चित मात्र गराउँदैन आफ्नो भविष्यको छनौट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रक्रियामा सहभागी हुने अवसरबाट पनि वञ्चित हुन्छन् । विशेष गरी बालिका र महिलाको सन्दर्भमा बालविवाहले एउटा मात्रै अधिकारको उल्लङ्घन नगरी उनीहरूको जीवनचक्रमा थुप्रै अधिकार उल्लङ्घनको श्रृङ्खला सिर्जना गरी थप हिंसाको चक्रमा पर्ने अवस्था रहन्छ ।
बालबिवाहको कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभइ सन्तान जन्माउँदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरू देखिने, लैंगिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचबिखन जस्ता थप हिंसाहरूले बालिका र महिलाहरू थप पीडित हुन पुग्दछन् ।
देशका केही विशेष क्षेत्रहरूमा बालविवाहको दर उच्च रहेको पाइएको छ र मधेसी समूदायका साथै सीमान्तकृत समूहहरू जस्तै दलित, जनजाति र मुस्लिम समूदायमा अन्य समुदायको तुलनामा यो दर उच्च रहेको छ । रिंकला हरिजनले बताईन |
यो कार्यक्रममा रहेको सदस्यहरु द्वारिका हरिजन , रिंकला हरिजन , सरिता हरिजन , सन्जु यादव , मन्जु यादव , वविता चौहान , उमापति नाथ मौर्या, मनोज कुमार लोध , लक्ष्मी कहार , सिम्पल कहार , समिक्क्षा सिंजाली , अमर सिंह यादव ,
वविता चौहान , सुशील क्षेत्रीको साथ र सहयोगले गैडहवा किशोर किशोरी युवा साथी सञ्जाल भव्य रूपले सम्पन्न भएको छ ।






















प्रतिकृया दिनुहोस्