April 14, 2026, Tuesday
२०८३ बैशाख १, मंगलवार

चौथो माघी महोत्सवमा सिलिण्डर ग्यास पड्किँदा १ जनाको मृत्यु

लुम्बिनीताजाखबर, माघ २, कपिलवस्तु ।

Advertisement

जिल्ला कपिलवस्तुको बाणगंगा–९ मा आजबाट सुरु भएको चौथो माघी महोत्सवमा सिलिण्डर ग्यास पड्किँदा १ जनाको मृत्यु भएको छ । बेलुनमा भर्ने हाइड्रोज ग्यास विस्फोट हुँदा मृत्यु भएको बताइएको छ । घटनामा बाणगंगा ८ शिसनियाका अन्दाजी ६५ बर्षीय नासिर मोदमद पाखिया को निधन भएको प्रहरीले जनाएको छ ।

ग्यास ४ः३० बजेतिर पडकेको घटनाको थप क्षतिको विवरण आइ सकेको छैन । घटनापछि माघी महोत्सव अस्तव्यस्त हुन पुगेको छ । घट्नामा परी केही घाइते भएको र घटनाको अनुसन्धान सुरु गरि सकिएको कपिलवस्तु प्रहरीको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0