September 14, 2026, Monday
२०८३ भाद्र ३०, मंगलवार

रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुलमा क्षति, गाडीहरू पनि बगायो

काठमाडौं। रसुवामा बाढी आउँदा नेपाल-चीन जोड्ने मितेरी पुलमा क्षति पुगेको छ।  चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीले दुई देश जोड्ने मितेरी पुलमा क्षति पुर्‍याएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार रसुवा भन्सार कार्यालय टिमोरियाको पछाडिपट्टि रहेको भन्सार यार्डका केही गाडीहरू पनि बगाएको छ।यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको समेत उनले मंगलबार बिहान सञ्चारमाध्यमलाई बताए ।

Advertisement

उनले ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन नसकेको बताए ।उनले समग्रमा क्षति ठूलो भएको भन्दै घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको बताए ।

अहिले उनीहरूको उद्धारको लागि काठमाडौंबाट हेलिकोप्टर पठाउने पहल भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0