May 10, 2026, Sunday
२०८३ बैशाख २७, आईतवार

युवा नेता नियाज अहमद खानद्वारा बकरा ईदको शुभकामना व्यक्त

साउन ५, कपिलवस्तु ।

Advertisement

जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं. ३, लबनी का युवा नेता नियाज अहमद खानले भने,”आउदै गरेका मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व बकरा ईद को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली, दाजुभाई दिदी बहिनी, राष्ट्रियप्रेमी, उद्योगी, व्यापारी, समाजसेवी लगायत सम्पूर्ण देशवासीहरुमा सु-स्वास्थ्य, दीर्घयु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।”

पारिस्थितीले जहाँ पुर्‍याएपनि, जिन्दगीको अविरल यात्रामा कहिल्यै ठेस नलागोस। बाचुन्जेल नमेटिने गहिरो चोटकहिल्यै नलागोस, ठूलो महलको सुख सुविधा नभए पनि हृदयको खुशी कहिल्यै नटुटोस।

आदरणीय म गाउँपालिका र वडा वासी बुद्धिजीवी, श्रमजीवी, समाजसेवी तथा देश विदेशमा रहनु भएका दाजुभाई, दिदीबहिनी र आमाबुवा सम्पूर्णमा उत्तरोत्तरप्रगती, सुस्वास्थ्य र दीर्घायूको कामना मुस्लिम धर्मावलम्बीको महान् पर्व बकरा ईद हार्दिक मंगलमय कामना व्यक्त गर्दछूँ।.

नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक भएकोले विविधतामा एकता नेपाली समाज विशेषतालाइ आत्मसाथ गर्दै समाज सदभाव पारस्पारिक सम्मानको मूल नाराका साथ अघि बढ्न सम्पूर्ण लोकतन्त्रप्रेमीहरुलाइ एकजुट हुन आग्रह गर्नुका साथै कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन आवश्यक सजगता अपनाउन समेत हृदय देखि नै आग्रह गर्द्छु ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0