म जनताको चौकीदार हुँ : मधुसूदन चौधरी
कपिलवस्तु, असोज ११,
लोसपाका केन्द्रीय सदस्य मधुसूदन चौधरीले जनताको चौकीदार हुनका लागि उम्मेदवार हुने बताउनु भयो ।
एउटा सफल जनप्रतिनिधी जनताको सेवा गर्नको लागि हो । जनताको दुखमा साथ दिनका लागि रहेको बताउनु भयो ।
एमालेले मधेसमा काम गरे पनि गठवन्धनले गलत प्रचार गरेको दाबी गर्नु भयो । हुलाकी राजमार्ग, तौलिहवा बजारको सडक विस्तार गर्ने काम, गाउँपालिका र नगरपालिका भित्र अस्पताल बनाउने योजना एमालेले गरेको बताउनु भयो । पोषण भत्ता दिने काम एमालेले गरेको भए पनि प्रचार नभएको बताउनु भयो ।
उहाले जनताको चौकीदार गर्न सकिन भने सधैको लागि राजनिती त्याग गर्ने दाबी गर्नु भयो । उहाँले बालिकाको सुरक्षा माथी समुदायले गम्भीर भएर सोच्नु पर्ने बताउनु भयो । चोक चौराहामा बसेर जात पातको कुरा गर्ने, हिन्दु मुस्लिम विच द्धन्द्ध फैलाउने, युवती तथा बालिका माथी दुव्र्यवहार गर्ने जस्ता गलत कुरा अन्त्य गर्ने बताउनु भयो ।
प्रतिकृया दिनुहोस्