एमालेका नेता भूमिश्वर ढकाल विजयी भए
रुपन्देही ५ (१) मा एमालेका भूमिश्वर ढकाल विजयी भए ।
ग्रेट्फुल दिनेश
गैंडहवा — मसिर ७ गते /रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन् । निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ । मुख्य निर्वाचन अधिकृत चुरामणी शर्माले प्रक्रिया मिलाउने क्रममा रहेकाले केही बेरमा औपचारिक बताए ।अन्तिम मतपरिणाममा एमाले उम्मेदवार ढकालले १९ हजार ७८ मत ल्याएका छन् । उनका निकटतम उम्मेदवार माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार ३ सय ६८ मत ल्याएका छन् । जनमत पाटीका अनुरागनाथ शुक्लाको ८ हजार ७ सय ३८ मत छ । ढकाल यसअघि पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1



















प्रतिकृया दिनुहोस्