December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

शुद्धोधनमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

राज कुमार चमार, फागुन ७, लबनी कपिलवस्तु ।

Advertisement

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ” जिल्ला कपिलवस्तुको शुद्धोधन गाउपालिकामा चौथो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार देखि सुरु भएको छ ।

जिल्लाको शुद्धोधन गाउपालिकामा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०७९ सुरु भएको हो । खेल वडा नम्बर २ को वरगदहवाको खेलमैदानमा सुरू भएको छ । खेलको शुभरम्भ कपिलवस्तुको क्षेत्र नम्बर १ को ख (विद्यायक) प्रतिनिधि सभा सदस्य मधुसूदन शरण चौधरीले उदघाटन गर्नु भएका छन् ।

चौधरीले पालिकास्तरमा आयोजना हुने यस्ता खेलले खेलाडी पहिचान र राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्याउने बताए । खेलले खेलाडी उत्पादनमा मात्र नगरी शारीरिक स्वास्थ्यका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै । कार्यक्रममा विद्यार्थी खेलाडीहरूको अग्रिम बिजयीको शुभकामना व्यक्त गरे ।

शुद्धोधन गाउपालिका अध्यक्ष कमलेश शरण चौधरी, वडाअध्यक्ष तिलक राम यादव, वडा अध्यक्ष मनोज कुमार यादव, वडा अध्यक्ष महिब्बुदिन मुसलमान, वडा अध्यक्ष बिजय बहादुर यादव लगायतले कार्यक्रममा बोल्दै खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिंदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लास्तरीय खेलकुद प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी हुन मद्दत पुग्ने बताएका छन्।

यस कार्यक्रममा खेल संयोजक लालचन्द्र पाण्डेयले खेलकुद विद्यार्थीहरुको लागि अपरिहार्य रहेको बताउँदै कार्यक्रम सफलताको शुभकामना दिएका छन् । शिक्षा शाखा प्रमुख धनी प्रसाद शर्मा लगायतले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले बिद्यार्थीको खेलकुद विकासलाई सकारात्मक टेवा पुग्ने बताउनुभएको थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0