September 13, 2026, Sunday
२०८३ भाद्र २८, आईतवार

शुद्धोधन गाँउपालिकाको उपाध्यक्ष होम प्रकाश चौधरी भन्ने लाला पक्राउ ।

शु्द्धोधन गाँउपालिकाको उपाध्यक्ष होम प्रकाश चौधरी  भन्ने लाला शु्द्धोधन गाँउपालिका वडा न ५ मा रहेको सिमा नाकामा शान्ति सुरक्षा तथा सिमानाकामा भईरहेको तस्कारी, अवेध रुपमा भइरहेको चोरी पैठारी रोकथाम र ड्युटिमा रहेको  प्रहरी बरिष्ट हवल्दार भिम बहादुर चौधरीमाथि अचानक शुद्धोधन गाँउपालिकाको सरकारी गाडीवाट अक्रमक रुपमा   हातपात तथा गालिगलौज गरेका छन। घटना वारे सोधपुध गर्दा निजको नाजिकको मानिसहरु भारतबाट अवैध रुपमा चोरी पैठारी गरिरहेको अवस्थामा निजले रोकथाम तथा नियन्त्रण गरिरहेको हुनाले निज प्रहरी माथि हातपात गरेका हुन । गाँउपालिका उपाध्यक्ष होम प्रकाश चौधरी यस भन्दा पहिला पनि कार्यालय प्रमुख तथा वडा अध्यक्षलाई कुटपिट गरेका थिए तर प्रहरी प्रशासनले नजर अन्दाज गर्दै आएको देखिन्छ र हाल निज जिल्ला प्रहरी कार्यालय कपिलवस्तुद्वारा पक्राउ समेत भएको कुरा साझा नियुजबाट प्राप्त भएको छ र थप घटना विवरण आउन वाकी छ।

Advertisement

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0