December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

जनकल्याण युवा क्लबद्वारा शुद्धोधन गाउँपालिकाको कार्यालयमा तालाबन्दी

मंसिर ९, कपिलवस्तु ।

Advertisement

जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको प्रशासनिक कार्य मिति २०७८/०७/१४ गते देखि वर्तमान प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरि जाने र अर्को अधिकृतको स्वागत गर्ने कि नगर्ने भन्ने कुरा लिएर आज सम्म ठप्प रहेको छ ।

स्थानीय सरकारले बहुमत र अल्पमत को दम्भमा लगातार २३ दिन बित्यो तर कर्मचारीले भने हाजिरी गर्न पाएका छैनन्। यसका साथै योजना तथा कार्यक्रम सम्झौता/कार्यन्वयन हुन सकेको छैन ।

पालिकाको यस्तो लज्जास्पद कार्यको घोर निन्दा गर्दै जनकल्याण युवा क्लबले हिजो जिल्ला प्रशासन कार्यालय र शुद्धोधन गाउपालिका मा ज्ञापनपत्र बुझाउदै आज बिहिवार को दिन क्लबले पालिका को सबै शाखा मा तालाबन्दी गरेको छ ।

“समस्याको समाधान गर्न पालिका को अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुको टोलि र जनकल्याण युवा क्लब बिच बार्ता बसे पनि टुंगो लगाउन नसकेर अपतकालिन समय सम्माको लागि तालाबन्दी नखोलेको” भन्ने कुरा क्लबको अध्यक्ष पृथ्वी राज चौधरीले जानकारी दिएका छन् ।

बिस्तारमा

शुद्धोधन गाउपालिका-लबनी ,कपिलवस्तुको कर्मचारी को हाजिरी रजिस्ट्रर दर्ता शाखा को दराज मा राखेर गाउपालिका उपाध्यक्ष ले ताल्चा लगाइ सान्चो आफू राखेको सूचना पालिका को अध्यक्ष तथा सम्बन्धित कार्यालय को कर्मचारीबाट उपलब्ध भएको सबैमा जानकारी गराउद्छौ।

घटनाको बिस्तार ; शुद्धोधन गाउपालिका-लबनी ,कपिलवस्तुको प्रमुख प्रशासकीय अधिकृत को सरुवा बि.स.२०७८/०५/३१ अर्थात दुई महिना बित्यो तर बहुमतको जोरमा कार्यकारी जस्तो गरिमामय पद बिवादित परेको छ।कोटहिमाइ गाउपालिका को प्रमुख प्रशासकीय अधिकृत (शु गा पा मा सरुवा भइ आउने अधिकृत) भने दिनहु पालिकामा आउदै थिए तर उहाँको स्वागत र शु गा पा को बर्तमान अधिकृत को बिदाई शुद्धोधन गाउपालिकाले गर्न नसकेको छैन, सो बिवाद उत्पन्न भएको हो।

शुद्धोधन गाउपालिका को स्थानीय सरकार नेपाली काङ्ग्रेस (उपाध्यक्ष ,वडा न.१,३,४,५ का अध्यक्ष )र जनता समाजवादी पार्टी (गाउपालिका अध्यक्ष , वडा न.२,६ को अध्यक्ष)को सरकार हो।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आदेशको प्रतिउत्तर मा गाउँ कार्यपालिका को निर्णय मा कोटहिमाइ गाउपालिका को प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगर्ने र बर्तमान अधिकृत नै रहने भनी सर्बसहमती बाट निर्णय गरि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाइयो।

दुई चार दिन नबित्दै राजनीतिक चलखेलले गर्दा जसपा (गाउपालिका अध्यक्ष , वडा न.२,६ को अध्यक्ष) पछ्को अल्पमत को निर्णय अनुसार बर्तमान अधिकृत को पालिकाको कार्यअवधी (२बर्स)सकेपछि सरुवा भएर जान पर्छ भनी नया अधिकृत (कोटहिमाइ गाउपालिका को प्रमुख प्रशासकीय अधिकृत) लाई स्वागत/हाजिर गर्ने भनी निर्णय गरयो।तर काङ्ग्रेस (उपाध्यक्ष ,वडा न.१,३,४,५ का अध्यक्ष) पछ को बहुमतले गरेको निर्णयमा कायम छ।कर्मचारी सरुवामा यस्तो राजनीति ?किन? यसले गर्दा एक हप्ता देखि गाउपालिकाको प्रशासनिक कार्य रोकिएर स्थानीय हैरान छन। अझै कति दिनसम्म गाउपालिकाको प्रशासनिक कार्य रोकिराख्ने होला?

“शुद्धोधन गाउपालिकाको स्थानीय सरकारको योजना प्रति आपतकालीन सोचाइ र मान्सिकताले नै प्रथम कार्यकाल बिते पनि गाउपालिकाको आफ्नै भवन बन्न सकेन।

पहिलो आर्थिक बर्स नै गाउपालिका को निजि भवन शु.गा.पा-२ नन्दनगर मा बन्ने भनी सर्बसहमती को कार्यपालिका को निर्णय किन कार्यन्वयन हुन सकेन, गाउपालिकाको भवन निर्माण को ३.५ करोड फ्रीज गयो,गाउपालिकाले महिना को लाखौं रुपैयाँ भवन भाडामा खर्चंदै छ,साथै गत बर्स पालिकाको सभाहाल निर्माण को लागि आएको ६० लाख रुपैया पनि फ्रीज भयो अखिर किन? २३ दिन बित्यो तर कर्मचारीले भने हाजिरी गर्न पाएका छैनन्। कार्यक्रम तथा योजना सम्झौता समेत रोकिएको छ। यी सबै असमाजिक क्रियाकलाप बहुमत जुटाएर प्रमुख प्रशासकीय अधिकृत को सरुवा/रोक्का को लागि किन?”भन्दै जनकल्याण युवा क्लब को अध्यक्ष पृथ्वी राज चौधरी ले शु गा पा को जनप्रतिनिधिहरुलाइ प्रस्न गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0