January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार

यु-१४ नकआउट फूटबल प्रतियोगिताको उपाधी न्यु सृजना लाई

तिलोत्तमा-१५, कोटिहवा, रुपन्देही

कोटिहवामा आज सम्पन्न यु-१४ नकआउट फूटबल प्रतियोगिताको उपाधी न्यु सृजना युवा क्लब, तिलोत्तमा-१३, करौंजियाले हात पारेकोछ। पशुपती उच्च मा बि को खेल मैदानमा आज सम्पन्न फाईनल खेलमा न्यु सृजनाले तिलोत्तमा-१४ फूटबल क्लबलाई टाई ब्रेकरमा ५-३ ले हराउंदै उपाधी माथी कब्जा जमाएको हो। यस अघि दुबै टोलि ले निर्धारित समयको खेल १/१ गोलको बराबरी खेलेका थिए। लिस्नु युवा क्लब, कोटिहवाले आयोजना गरेको दुई दिने यस प्रतियोगितामा कुल चार टिम हरुको सहभागिता रहेको थियो। लिस्नु युवा क्लब, सेतो, लिस्नु युवा क्लब, पहेंलो, तिलोत्तमा-१४ र न्यु सृजना युवा क्लब सम्मिलित प्रतियोगिताको दुई सेमिफाइनल खेलहरु हिजो सम्पन्न भएका थिए जसबाट न्यु सृजना र तिलोत्तमा-१४ फाईनल पुग्न सफल भएका थिए। प्रबेश शुल्क नि:शुल्क रहेको यस प्रतियोगिताको बिजेता बन्न सफल न्यु सृजना युवा क्लब्बले शिल्ड, मेडल, प्रमाणपत्र सहित नगद रु ७०००/- प्राप्त गर्न सफल भयो भने उपबिजेता तिलोत्तमा-१४ ले भने शिल्ड, मेडल, प्रमाणपत्र सहित नगद रु ४०००/- प्राप्त गर्यो। त्यसै गरि सेमिफाइनल देखि बाहिरिएका अन्य दुई टिमले पनि समान नगद रु २०००/- प्राप्त गरे। प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडी घोषिट बिजेता टिमका जर्सी नम्बर ५ का निक्की थापाले सर्बोत्कृष्ट खेलाडीको ट्रफी सहित नगद रु १०००/- प्राप्त गरे। स्थानिय युवा फूटबल खेलाडी हरुलाई क्षमता प्रदर्शन गर्न अवसर प्रदान गर्ने र युवा हरुलाई फूटबल खेल प्रती आकर्षित गराउने उद्देश्य सहित पहिलो पटक आयोजना गरिएको यस प्रकारको प्रतियोगिता हरुले फूटबल खेलको बिकासमा टेवा पुर्याउने आयोजक क्लबका ब्यवस्थापक समेत रहेका युवा फूटबल अभियन्ता कुशल भण्डारी ले बताउनु भयो।

Advertisement

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0