May 5, 2026, Tuesday
२०८३ बैशाख २२, मंगलवार

काठमाडौंमा गएराती भारी वर्षा,बागमती र धोबिखोलाले सतर्कता तह पार गर्यो

काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानमा आइतबार राति वर्षा भएको छ । वर्षासँगै नदी, खोलाको जलसतह पनि बढ्दो क्रममा छ ।

Advertisement

आइतबार राति काठमाडौंस्थित वाग्मती नदी गौरीघाट, धोबीखोला चाबहिल जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जलसतह बढ्दो क्रममा रहेको छ । नदी किनारको बाटो भइ यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन विभागको आग्रह छ ।

विभागले असार ८ गते राति ११ः३० बजे सूचनामा जारी गरेर भन्यो-काठमाडौंस्थित वाग्मती नदी गौरीघाट, धोबीवीखोला चाबहिल जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी किनारको बाटो भइ यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनु हुनेहरुले सतर्कता अपनाईराखौँ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0