April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार

रुपन्देही – मायादेवी ४ मा आगलागी हुँदा लुम्बिनी कम्पयुटर वाईफाई ऑफ्सि जलेर नष्ट ।

माया देवी ४ झुलनीपुरमा आगलागी हुँदा लुम्बिनी कम्पयुटर वाईफाई ऑफ्सि जलेर नष्ट भएको छ।

Advertisement

बिहिवार रात्री करीव साढे१० बजे आगलागी हुँदा लुम्बनी कम्पयुटर वाईफाई ऑफ्सिमा ठूलो क्षती भएको संचालक रमजानले बताएका हुन्।

उहाले करीब ४वर्ष देखी २५ भन्दा बढी चोक – चोक गाउँ जस्तै लुम्बिनी देखी कालीदह बार्डर क्षेत्रमा वाईफाई सेवा पुऱ्याउँदै आएका हुन्।

आगोले कोठामा भएका सबैजसो ५५भन्दा बढी राउटर, २ वटा लैपटाप, एउटा मैकबुक , एउटा डेक्स टाप कमप्युटर, प्रिन्टर फोटोकॉपी , स्क्यनर , इन्टरनेट उपकरण , जे .सी.बाक्स लगायत सामान भएको करीब १६ लाख भन्दा बढ़ीको क्षती भएको संचालक रमजानले बताएका हुन ।

बिहीवार करीब १० बजे रमजानले ऑफ्सि को सटर बन्द गरेर घर जानू भएको करीब 20 मिनट पछी उनलाई ऑफ्सिमा आगो लागेको खबर प्राप्त भएको बताएका छन ।

उनी घर बाट ऑफ्सि पुग्दा ऑफ्सिमा रहेको सबै जसो सामान जलेर नष्ट भईसकेकोथियो।

के कारणले आगलागी भएको हो भन्ने खुलेको छैन। थप अनुसंधान भईरहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
7
+1
0