April 30, 2026, Thursday
२०८३ बैशाख १८, शुक्रबार

बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

मकवानपुर |  बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

Advertisement

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले आज शुक्रबार नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका हुन् ।मुख्यमन्त्री बानियाँले विना विभागीय मन्त्री शिवराज अधिकारीको समेत जिम्मेवारी तोकेका छन् । अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सामाजिक विकास मन्त्रालयमा काभ्रेका बादे, आर्थिक मामिला तथा याेजना मन्त्रालयमा रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी रायमाझीले जिम्मेवारी पाएका छन । आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी शिवराज अधिकारीलाई प्रदान गरेका छन् ।

मुख्यमन्त्री बानियाँले यसअघि आफूसहित ९ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । त्यतिबेला आफूसहित कांग्रेसबाट तीन र सत्ता साझेदार दल नेकपा एमालेबाट ६ मन्त्री नियुक्त गरिएको थियो ।बागमतीमा मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय रहेका छन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0