April 30, 2026, Thursday
२०८३ बैशाख १८, शुक्रबार

बुटवल महामेलामा रौनक बढ्दै : आज समिक्षा अधिकारी आउने !

बुटवल, ५ चैत । ११, देविनगर स्थित रंगशाला दिनभर जस्तो सुनसान जस्तै हुन्छ ।

साझ ४ बजेपछी झिलिमी बत्तिको उज्यालो सहित रमाइलो बन्दै जान्छ । कारण हो बुटवल महामेला (२०८२ । चैत्र १ गतेबाट सुरु भएको मेलाको रौनक बढ्दै गएको छ । मेलाको चौथो दिनमा केही फरक दृश्य देखियो ।

Advertisement

हावाहुरीले एक दिन प्रभावित भएको मेलामा दर्शक बढ्दै गएका हुन । क्षेती भएका संरचना निर्माण भएसंगै मेलामा रौकन बढेको मेला संयोजक गोबिन्द भुसालले बताए । अहिले स्टलहरुमा किनमेल सुरु भै सकेका छन्, जलपरी हेर्ने दर्शक बढ्दै गएका छन्, विभिन्न सेल्फी जोनमा फोटो खिच्ने दृश्य देखिन थालेका छन भुसालले बताए ।

बुधबार मेलाको चौथो दिन हो । चर्चित लोक गायक कुलेन्द्र बिश्वकर्मा र कला लम्सालले दर्शकलाई नचाएका थिए । हास्य कलाकार माइला बा,लोक गायिका शिला गुरुङ्ग,लोक गायक दिपेन्द्र पाण्डेले प्रस्तुत गरेको सास्कृतिक संयोजक दिपेन्द्र न्यौपानेले बताए ।

बिहीबार चर्चित गायिका समिक्षा अधिकारीको प्रस्तुति रहनेछ । साथै सम्झना रणपाल,वसन्त लम्साल,लक्ष्मी बस्नेत,मिस्टर पाण्डे लगायतका कलाकारले प्रस्तुती दिने न्यौपाने बताए । मेला चैत्र २४ गतेसम्म संचालन हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0