March 13, 2026, Friday
२०८२ फाल्गुन २९, शुक्रबार

शिख समुदायको प्रतिनिधित्व नेपाली सेनामा पहिलोपटक

२८ जेठ बाँके । नेपाली सेनामा पहिलोपटक शिख समुदायबाट प्रतिनिधित्व भएको छ । बाँके जिल्ला, जानकी गाउँपालिका–२, बनकटुवा निवासी करण सिंह शिख नेपाली सेनाको सिपाही दर्जामा दीक्षित भएका हुन् ।संवैधानिक व्यवस्थाअनुसार समावेशिताको सिद्धान्तलाई पालना गर्दै सबै जात, धर्म र समूहका नेपाली नागरिकलाई नेपाली सेनामा समान अवसर र पहुँच रहेको नेपाली सेनाले जनाएको छ ।

Advertisement

करण सिंह गत साउन १ गते नं ४ बाहिनी अड्डा, नेपालगन्जमा भर्ना भई अछाम जिल्लास्थित गोरखबक्स गणबाट सैन्य आधार तालिम सम्पन्न गरेका हुन् । उनी यही जेठ २३ गतेबाट सेनाको सिपाही बनेका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0