दशैँ बिदाअघि शेयर बजार बढ्यो, २ अर्ब ९३ करोडको कारोबार
काठमाण्डाै| हिजो र अस्ति घटेको शेयर बजार आज बढेको छ । दशैँ बिदाअघि शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५१ अङ्कले बढेर २ हाजर ६ सय ६३ दशमलव ५१ विन्दुमा पुगेको छ ।
आज ३१४ कम्पनिका ७५ लाख ११ हजार १९३ कित्ता शेयर २ अर्ब ९३ करोड ५९ लाख १४ हजार ९१० मा कारोबार भएको थियो । आज होटल, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ ।
आज ग्लोबल आइएमइ समुन्नत योजनाको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
आज कारोबारमा आएका १३ मध्ये तीन समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । होटल तथा पर्यटन, ‘अन्य’, र व्यापार समूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन समूहको ०.१५ प्रतिशत, ‘अन्य’ समूहको ०.१४ प्रतिशत र व्यापार समूहको परिसूचक १.२८ प्रतिशतले घटेको छ ।
यस वर्षको दशैँ बिदा भोलिदेखि शुरू हुँदैछ । अब शेयर बजार असोज १९ गते आइतवार खुल्नेछ ।



















प्रतिकृया दिनुहोस्