June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

महिबुद्दीन मुसलमानद्वारा ईदुल अजहा (बकरीद) को शुभकामना व्यक्त

साउन ४, कपिलवस्तु ।

Advertisement

जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ३, का वडा अध्यक्षले भने,”आउदै गरेका मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व ईदुल अजहा (बकरीद) को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली, दाजुभाई दिदी बहिनी, राष्ट्रियप्रेमी, उद्योगी, व्यापारी, समाजसेवी लगायत सम्पूर्ण देशवासीहरुमा सु-स्वास्थ्य, दीर्घयु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।”

 

पारिस्थितीले जहाँ पुर्‍याएपनि, जिन्दगीको अविरल यात्रामा कहिल्यै ठेस नलागोस। बाचुन्जेल नमेटिने गहिरो चोटकहिल्यै नलागोस, ठूलो महलको सुख सुविधा नभए पनि हृदयको खुशी कहिल्यै नटुटोस।

आदरणीय म गाउँपालिका र वडा वासी बुद्धिजीवी, श्रमजीवी, समाजसेवी तथा देश विदेशमा रहनु भएका दाजुभाई, दिदीबहिनी र आमाबुवा सम्पूर्णमा उत्तरोत्तरप्रगती, सुस्वास्थ्य र दीर्घायूको कामना मुस्लिम धर्मावलम्बीको महान् पर्व बकरा ईद हार्दिक मंगलमय कामना व्यक्त गर्दछूँ।.

 

युवा नेताले भन्नुभएको छ, ‘नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै हाम्रो विशेष पहिचान हो । बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।

 

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0