June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

सङ्क्रमित खोज पडताल पहिचान तथा जनचेतन सम्बन्धमा कोरोना प्रतिकार्य समूहलाई (CICT) सम्बन्धि १ दिने तालिम सम्पन्न।

भदौ २१, कपिलवस्तु ।

Advertisement

जिल्ला कपिलवस्तुको मायादेवी गाउँ पालिकाको आयोजना, सन साइन समाजिक किकास संस्थाको सहकार्य तथा समन्वय तथा UMN अष्ट्रेलियन एडको प्राबिधिक सहयोगमा कोभिड १९ महामारी प्रतिकार्यमा स्वास्थ्य प्रणाली सुधार परियोजना अन्तर्गत सङ्कर्मित खोज पडताल पहिचान तथा जनचेतना सम्बन्धमा कोरोना प्रतिकार्य समूहलाई (CICT) सम्बन्धि १ दिने तालिम मायादेवी गाउँ पालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कोभिड १९ महामारी को बिषय बस्तु तथा (CICT)को उद्धेश्य,भुमिका र बिषयबस्तु बारे प्रस्तुतिकरण भएको थियो। कार्यक्रममामा मायादेवी गाउँ पालिकामा खोजपडताल न्यून रहेको र तालिमको आवश्यकता महसुस भएर कार्यक्रम आयोजना गरिएको हो।

केश अनुसन्धान तथा सम्पर्क खोज पडताल टिमको क्षमता अभिवृद्धि गरी कन्ट्याक्ट् ट्रेसिङ्गको दर दायरामा वृद्धि गर्ने नै कार्यक्रम को मुख्य उद्धेश्य सनशाइन समाजिक विकास संस्था को एलिसा देवले बताइन।

विगतको दिनमा कोभिड-१९ को महामारी को कारण समस्याहरू भएका कारण सोचे जस्तो व्यवस्थापन गर्न नसकिएकोले यो कार्यक्रम समय सापेक्ष हुन सक्ने वक्ताले बताए।

कोभिडमा अग्रपंतीमा खटिने कर्मचारीहरुको लागि व्यक्तिगत सुरक्षा सावधानी मा सहजता बाताबरण बनाउन कठिन भएका समस्या व्यवस्थापनमा प्राविधिक कठिनाई लगायत कारणले गर्दा भएका चुनाैतीलाई आगामी दिनमा समाधान गर्दै अबको दिनमा प्रभावकारी केश पहिचान तथा व्यवस्थापन गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो ।
कोरोनामा काम गर्ने टोलीलाई आवश्यक स्वास्थ्य समाग्री समयमा उपलब्ध गराउने प्रेरक पक्षका कुराहरूलाई सुनिश्चितता गर्ने प्राविधिक सहयोग चाहिएमा सहयोगी संस्था सँग समन्वय गर्ने महिनाको प्रत्येक पहिलो हप्तामा कोरोना सङ्क्रमित पहिचान तथा सम्पर्क पहिचान टिमको अध्यात्मिक गर्ने सम्बन्धित सरकारवालाको ध्यान आकर्षण समय समयमा बैठक बस्ने साथै समाधानका पक्षलाई निरन्तरता दिने कार्यमा सहकार्य गर्ने गैर संस्था SSDO/UMN मार्फत कार्ययोजना तयार पारी भविष्यमा यस्ता प्राविधिक सहयोग र सहकार्य गर्न तत्पर रहेको कार्यक्रम संयोजक एलिसा देवले बताइन ।
तालिममा मायादेवी गाउँ पालिका का स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादव, सङ्क्रमित खोज पडताल पहिचान समितिका संयोजक बिश्व नाथ ठाकुर, स्वास्थ कार्यालय को प्रशिक्षक, यु एम एन को परियोजना व्यवस्थापक सन्जु गाैतम लगायतको उपस्थित रहेको सनशाइन समाजिक विकास संस्थाको फिल्ड कोर्डिनेटर हेमराज चाैधरीले  बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0