रुपन्देहीको कञ्चन गाउँपालिकामा नेकपा एमाले वाडकमिटी सबै वाडमा सर्वसहमत चयन गर्दै
कार्तिक ६, दीपक जैसवाल, रूपन्देही ।
लुुम्बिनीमा नेकपा एमालेको वडाअधिवेशन अन्तर्गत रुपन्देहीको कञ्चन गाउँपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिवार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पुर्व प्रधानमन्त्री पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडाअधिवेशनको उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सुरु भएको थियो ।
जस अन्तर्गत कञ्चन गाउँपालिकामा रहेका ५ वटै वडामा वडाअधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको नेकपा एमाले कञ्चन गाउँकमिटी अध्यक्ष भरतमणी सापकोटाले जानकारी दिनुभएको छ । कञ्चन गाउँपालिका भित्र रहेका जिल्ला, प्रदेश र केन्द्रिय नेतृत्वको सहभागितामा सबै वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएको नेकपा एमाले कञ्चन गाउँकमिटी सचीव लेखनाथ पौडेलले जानकारी दिनुभयो ।
देशभर एक साथ भएको वडाअधिवेशन कञ्चन भित्र पनि कार्यकर्ता र नेतृत्वबिचमा विवादरहित तरिकाले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सफल भएको जिल्ला सदस्य गोकर्ण बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
वडा नेतृत्व नेपाल कम्युनिस्ट पाटी नेकपा एमाले नवनिर्वाचित कञ्चन वाड कमिटी अध्यक्षहरु, वार्ड नं १ बालकृष्ण पौडेल, वार्ड नं २ अध्यक्ष धनिश्वर पौडेल, वार्ड नं ३ अध्यक्ष लालप्रसाद शर्मा, वार्ड नं ४ अध्यक्ष कविराज ढकाल, वार्ड नं ५ अध्यक्ष उमा ढकाल चयन हुनुभएका छन्।




















प्रतिकृया दिनुहोस्