April 30, 2026, Thursday
२०८३ बैशाख १७, बिहीबार

शुद्धोधन गाउँपालिका अध्यक्षका सारथीको निधन, सिंगों पालिका शोक मा:

लुम्बिनीताजाखबर, साउन १८, कपिलवस्तु ।

Advertisement

भैरहवा मेडिकल कलेजमा औषधी हुने क्रममा शुद्धोधन गाउँ पालिका वडा नं.६, बॉसखोर बस्ने आर मोहम्मद धोबी (मुसुलमान) को आकस्मिक निधन भएको हो ।

 

शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीको सवारी चालक थिए । उनी सामाजिक, आर्थिक र पारिवारिक रूपले सम्पन्न रहे तापनि उनको सम्वन्ध र व्यवहारबाट सिंगो गाउँपालिका प्रसन्न थियो तर दैवको अगाडी कसैको चलेन । कमलेश शरण चौधरी र आर मोहम्मद बिच नङ र मासुको जस्तै मधुर पारिवारिक भावनात्मक सम्बन्ध रहेको थियो ।

 

अध्यक्ष चौधरीले भने आर मोहम्मद मेरो सवारी चालक थिएनन् उनी मेरो साथी थिए । धर्म र जात फरक भएर के भयो, हाजी साहब मेरो साख्खै दाई-भाई तथा आफन्त भन्दा पनि खास पात्र थिए तर आज भगवान मेरी कृष्ण रूपी सारधीको साथ सधैका लागि छाडिएर मलाई अपाङ्ग झै बनाइ दिएका छन, आखाँको आशुले बताएकोछ आर मोहम्मद (हाजी साहब) पालिका भित्र रहेका सम्पूर्ण कर्मचारी र सेवाग्राही हकको भावनाको कद गर्ने व्यक्तित्व थिए । त्यही भएर आज पुरै पालिका शोकमा विलिप्त भएको हो ।

 

साथै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालद्वारा पनि शोक सन्देश जारी गरेका छन् । लोसपा का जिल्ला कार्यसमिति सदस्य रहेको उहाँ प्रति शोक सन्देश जारी गरेका पालिका अध्यक्ष कमलेश शरण चौधरीले बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0