July 27, 2026, Monday
२०८३ श्रावण १२, मंगलवार

सुचना लुकाएर भ्रष्टाचारको सहयोगी बन्दै छन शुद्धोधन गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेल ।

शुद्धोधन गाँउपालिका कपिलवस्तुका प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेललाई शुद्धोधन गाँउपालिकाका युवाहरुले सुचनाको हक प्रयोग गर्दै सुचना माग निवेदन दर्ता गर्दा  निज धनिश्वर पौडेलले तत्काल सुचना दिन मिल्दैन सुचना प्राप्त गर्नाको लागि निवेदन गर्दा गरेको दिनदेखि ३५ दिन कट्नुपर्ने हुन्छ अनि मात्र सुचना दिन सकिन्छ भनि जवाफ फर्काउछन सो सम्बन्धमा गाँउपालिकाको अध्यक्ष कमलेश शरण चौधरीलाई गुनसो गर्दा निज चौधरीले प्रत्येक युवा तथा शुद्धोधन वासीलाई सुचना उपलब्ध गराउनु हाम्रो प्रथम कर्तव्य हो र गाँउपालिका अध्यक्षले निज प्रमुख प्रशासकीय अधिकृतलाई सुचना किन उपलब्ध गराउनु हुन्न हाकिम साहब ? भन्दा निजले हुन्छ अध्यक्ष ज्यु सुचना दिन्छु भनि जवाफ मात्र दिने तर सुचना माग्दा न आत्तिनुस भनि पटक -पटक जवाफ दिन्छन निजले गाँउपालिकाको मोवाईलमा कल गर्दा फोन काटदिन्छन। शु्द्धोधन गाँउपालिकाको कार्यालय अन्तर्गत प्रत्येक बर्ष न्यायिक समितिमा २५,००,०००  बरावरको खर्च हुन्छ  सोको विवरण  लगायत अन्य कुरा सुचनामा उल्लेख छ त्यस्तै गाँउपालिकामा भौतिक पुर्वाधार तथा अन्य कार्यक्रमको बिवरण माग्दा निजले नदिँदा निजले भ्रष्टाचारको सहयोगी बन्दै सुचना लुकाएर गाँउपालिकामा भईरहेको भ्रष्टाचारको सहयोगी बन्दै काम गरिरहेका छन भन्ने शंका उत्पन्न भएको छ ।

Advertisement

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2