April 15, 2026, Wednesday
२०८३ बैशाख ३, बिहीबार

स्कुल, कलेज छाडेर सडकमा उत्रिए जेनजी

काठमाडौँ । काठमाडौँको माइतीघर लगायत देशका विभिन्न स्थानमा युवाहरुको प्रदर्शन शुरु भएको छ । भ्रष्टाचार तथा बेथितिविरुद्ध काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ प्रदर्शन शुरु भएको हो ।माइतीघर मण्डलामा भेला भएका उनीहरूले बिहान ११ बजेतिर बानेश्वरतर्फ शान्तिपूर्ण मार्च सुरु गरेका हुन् ।

Advertisement

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र मुलुकभर बढ्दो भ्रष्टाचार उनीहरूको मुख्य एजेन्डा बनेको छ ।काठमाडौं मात्र नभई पोखरा, दाङसहित अन्य सहरहरूमा पनि आजैदेखि जेनजी पुस्ताको आन्दोलन सुरु भएको छ ।

सडक ढाकेर प्रदर्शन गरेका कारण सवारी आवागमन प्रभावित भएको छ । उनीहरुलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् । जेनजीको आन्दोलनलाई काठमाडौं महानगरका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न दलका जनप्रतिनिधि, कलाकार र स्वतन्त्र युवाहरूले समर्थन गरेका छन् । प्रदर्शनमा राजनीतिक दलसँग आबद्ध भ्रातृ संस्थालाई सहभागी हुन भने रोक लगाइएको छ ।

पहिले सामाजिक सञ्जालमार्फत मात्र प्रकट असन्तोषलाई जेनजी पुस्ताले यसपटक सडकमा उत्रिएर प्रत्यक्षरूपमा देखाएका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0