April 30, 2026, Thursday
२०८३ बैशाख १८, शुक्रबार

सेनाको ब्यारेकबाट बाहिर आए ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् ।जेनजी प्रदर्शनका क्रममा उनी नेपाली सेनाबाट सुरक्षाका निम्ति सैनिक ब्यारेकमा बस्दै आएका थिए ।प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत भदौ २४ मा ओली हेलिकप्टरबाट शिवपुरी ब्यारेकमा पुगेका थिए ।

Advertisement

 सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँ उनका निम्ति भाडाको घर लिइएको छ । बालकोटस्थित ओलीको घर भने प्रदर्शनकारीले जलाएका छन् ।बालकोटस्थित ओलीको घर भने प्रदर्शनकारीबाट तोडफोड र आगजनीबाट ध्वस्त बनेको छ । जसकारण बालकोटको घर जलेकाले ओली गुण्डु सरेका हुन् ।उनलाई एमाले नेता महेश बस्नेतको सक्रियतामा घर खोजेर राखिएको बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0