April 29, 2026, Wednesday
२०८३ बैशाख १६, बुधबार

मुख्य खबर

चीनद्धारा प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

चीनद्धारा प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

काठमाडौं। चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १२ मा नेपालको प्रधानमन्त्रीको शपथ लिएकी कार्कीलाई बधाई दिँदै यस्तो टिप्पणी गरेका हुन्। ‘चीन र नेपालबिच लामो समयदेखिको मित्रता छ। चीनले सधैँझैँ नेपालका जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गलाई सम्मान गर्दछ। हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई अगाडि…

मधेशमा रौनक जितिया पर्वको रौनक,निराहार व्रत आज

मधेशमा रौनक जितिया पर्वको रौनक,निराहार व्रत आज

जनकपूर। सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आज जितिया पर्वको व्रत सुरु गरेका छन् । शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ (दर) खाएसँगै सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले निराहार व्रत सुरु गरेका हुन् । पितृपक्ष पनि भनिने असोज कृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ । शनिबार मध्यरातपछि…

  • सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

    सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

    [caption id="attachment_4300" align="alignnone" width="768"]  [/caption] काठमाडौं, २७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले आजै शपथ लिने भएकी छन् ।उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । त्यस्तै, उनको शपथ ग्रहण अहिले बेलुका ९ बजे हुने भएको छ ।

  • सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च

    सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर दुई लाख १५ हजार आठ सयमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा दुई...

  • लोकतान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

    लोकतान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

    काठमाडौं।नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले लोकतान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्, “हालै नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य...

  • संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन म हर प्रयास गर्दैछु : राष्ट्रपति

    संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन म हर प्रयास गर्दैछु : राष्ट्रपति

    काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन आफू हर प्रयास गरिरहेको बताएका छन्।बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार, विमर्श र हरप्रयास गरिरहेको उल्लेख गरेका हुन्।...

  • संवैधानिक सर्वोच्चता बाहिर खोजिने समाधान अस्वीकार्य : नेपाल बार

    संवैधानिक सर्वोच्चता बाहिर खोजिने समाधान अस्वीकार्य : नेपाल बार

    काठमाडौं।नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नस्वीकार्ने र विरोध गर्ने जनाएको छ।बिहीबार अहिलेको घटनाक्रमबारे बसेको भर्चुअल बैठकपछि सार्वजनिक अपिल जारी गर्दै नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चताको कायम राख्न अपिल गरेको हो। ‘संवैधानिक सर्वोच्चता बाहिरबाट...

  • काठमाडौंमा विहानैदेखि वर्षा

    काठमाडौंमा विहानैदेखि वर्षा

    काठमाडौं । देशका अधिकांश भागमा मनसुन सक्रिय बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान वरपर छ भने पश्चिममा सरदरभन्दा केही उत्तरतिर अर्थात् नेपालतिर छ। जसका प्रभावले केही स्थानमा भारी वर्षाको सम्भावना छ।...

  • सिंहदरबार,शीतल निवास,संसद भवन लगायत अधिकाँस प्रशासनिक भवनहरु जले

    सिंहदरबार,शीतल निवास,संसद भवन लगायत अधिकाँस प्रशासनिक भवनहरु जले

    काठमाडौं। जेन–जीको आन्दोलनको क्रममा देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित काठमाडौंमा रहेका अधिकांश ठूला सरकारी कार्यालयमा आगो लगाएका छन्। सिंहदरबारमा मंगलबार दिउँसो तीन बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन। सिंहदरबारभित्र सबैजसो मन्त्रालयमा आगो लागेका छन्। काठमाडौंको आकाशमा रातभर बादल लागेको...

  • मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमारद्धारा राजीनामा

    मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमारद्धारा राजीनामा

    काठमाडौं।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्।देशभर जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जानु आफ्ना लागि दुःखद् भएको बताउँदै उनले राजीनामा दिएका हुन्। ‘देशभर जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जानु मेरो लागि असह्य पीडा र गहिरो...

  • देशभर जेनजीको दोस्रो दिनको आन्दोलन उग्र बन्दै

    देशभर जेनजीको दोस्रो दिनको आन्दोलन उग्र बन्दै

    काठमाडौं । मंगलबार बिहानैदेखि पूरानो बानेश्वरमा युवाहरुको आन्दोलन सुरु भएको छ । काठमाडौँ उपत्यकाका तिनै जिल्लामा कर्फ्यू लगाइएको भएपनि त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले चोक चोकमा प्रदर्शन शुरु गरेका छन् । हिजो सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा जेएजी पुस्ताले गरेको...

  • जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

    जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

    काठमाडौँ । जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १४  जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । अहिलेसम्म ट्रमा सेन्टरमा उपचारको क्रममा ६ जना, सिभिल...