February 16, 2026, Monday
२०८२ फाल्गुन ४, सोमबार

संविधानबाटै निकास खोज्नुपर्ने भन्दै नेपाल बारले देशव्यापी प्रदर्शन गर्ने तयारी

काठमाडौं । संविधान रक्षाका लागि भन्दै कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले शुक्रबार देशव्यापी प्रदर्शन गर्ने भएको छ ।‘संविधानको दायराबाट मुलुकको राजनीतिक निकास खोजिनुपर्छ, त्यो भनेको अहिलेको संविधान संरक्षण हुनुपर्छ भन्ने हाम्रो माग हो’ नेपाल बार एसोसिएसनका अध्यक्ष डा.विजयप्रसाद मिश्रले भने- ‘त्यसका लागि शुक्रबार दुई थरी कार्यक्रम गर्ने तयारी छ ।

Advertisement

’उनका अनुसार केन्द्रीय बारका पदाधिकारीहरुको आकस्मिक बैठकले शुक्रबार दिउँसो १ बजे देशभरका बार इकाइमा प्रदर्शन गर्ने निर्णय गरेको हो । त्यसपछि बारले बेलुकी ५ बजे नेपाल बार केन्द्रीय कार्यालय रामशाहपथबाट प्रदर्शन गर्ने योजना बनाएको छ ।कानून व्यवसायीहरुले संविधान हातमा लिएर विरोध प्रदर्शन गर्ने तयारी गरेका हुन् ।बारले  ५ बजेअघि प्रदर्शन गर्दा कर्फ्यू तोडेको सन्देश जाने भएकाले कर्फ्यूको अवधि सकिएपछि प्रदर्शन गर्ने तयारी गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0