April 14, 2026, Tuesday
२०८३ बैशाख १, मंगलवार

उदाउँदो सूर्यलाई पूजा आराधना गरी सकियो यस वर्षको छठ पर्व उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर सम्पन्न भयो यस वर्षको छठ पर्व गर्दै

कार्तिक २५, सुर्यपुरा, रुपन्देही ।

Advertisement

उदाउँदो सूर्यको पूजा आराधना गरी छठ पर्वको समापन गरिएको छ । हिजो बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिई आजको उदाउँदो सूर्यलाई अर्घ दिई छठी माईको पूजा आराधना गरी छठ पर्व समापन भएको छ ।

आज बिहान उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर छठ पर्व सम्पन्न भएको हो ।

 

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको पूजा आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व दुई दिन एक रात सम्म मनाउने गरिन्छ। छठ पूजा गर्ने ब्रतालुहरुले दुई दिन एक रात सम्म पानी पनि अपिई व्रत बस्ने गर्दछन् ।

 

छठ माताको पूजा गर्दा सूर्य देवतालाई प्रसन्न गर्नका लागि झुप्पा–झुप्पा फलहरू चढाउँने गर्दछन्। यसरी भगवान सूर्यलाई फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने विश्वास रहँदै आएको छ ।

 

छठ पर्व तराई क्षेत्रमा निकै धुमधामका साथ मनाइन्छ। अझ अहिले त तराईमा मात्र नभएर पहाडी क्षेत्रमा पनि यो पर्व मनाउन थालिएको छ। छठ माताको पूजा तथा भगवान सूर्यको पूजा आराधना गर्दा सन्तान सुख प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको पाइन्छ ।

छठ पर्वको अवसरमा रूपन्देहीका विभिन्न नदी, तलाउ तथा पोखरीमा गई भगवान सूर्यको पूजा आराधना गर्नेको भीड देख्न सकिन्छ ।

रुपन्देहीको गैंडहवा गाउँपालिका तथा शुद्रोधन गाउँपालिकको सिमानामा पर्ने ठुलो सुर्यपुरा घाटनदीमा छठ पूजा गर्नेको घुइँचो देख्न सकिन्छ ।

छठ पर्वमा पूजा गर्ने श्रद्धालु हरुले विशेष गरी आफ्नै खेत बारीमा उब्जाएका कृषि उपजको प्रयोग गर्ने गर्दछन्। विशेषत मिथिला र भोजपुरा क्षेत्रका बासिन्दाले गर्ने छठ पूजा, पर्वलाई अहिले संसारभरि फैलाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0