December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

करारका कर्मचारी हटाइएको सम्बन्धमा मायादेवी ३, मा अन्तरक्रिया कार्यक्रम सम्पन्न

साउन ०५, कपिलवस्तु।

Advertisement

जिल्ला कपिलवस्तु मायादेवी गाँउपालिकामा अस्थाई, करार एवम् ज्यालादारिमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई गाँउपालिकाले हटाएको सम्बन्धमा मायादेवी गाँउपालिका वडा नं ३ का स्थानिय जनताले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

स्थानीय निर्वाचन लगत्तै नेपाली कांग्रेसको नेतृत्व गाँउपालिकामा आउने बित्तिकै गाँउपालिकाको विभिन्न क्षेत्रमा कार्यरत अस्थायी , करार एवम् ज्यालादारीका कर्मचारीहरुलाई निकाल्नु उचित नरहेको भनी वडा नं ३ को वडाध्यक्ष शैलेन्द्र कुमार यादवले बताउनु भयो। कर्मचारी हटाउनु ठिक हो तर कर्मचारीको कार्यमुल्याङ्कन बिनाको भरमा निकाल्नु यसको घोर बिरोध रहेको पनि उहाँले बताउनु भयो।

वडामा हाल कुनै पनि काम नभई सबै काम बन्द रहेको हुनाले प्रत्येक दिन सायौँ सेवा ग्राहीहरु फर्केर जानू पर्ने बाध्यता रहेको भनी फुलिका निवासी हारुन मुसलमानले बताउनु भयो। वडामा गाँउपालिकाद्वारा छिटो भन्दा छिटो कर्मचारी पठाएन भने हामी वडा नं ३ का स्थानिय जनता आन्दोलन गर्न बाध्य हुन्छौं भनी स्थानीय जनताहरुले व्यक्त गरेका छन् ।

कार्यक्रममा मायादेवी गाउँपालिका वडा नं३ का वडा अध्यक्ष शैलेन्द्र कुमार ,स्थानिय समीर खान, भुवन थारु, जयराम धोवी, सलाहुद्दिन मुसलमान लगायत सयौं जनताहरुको उपस्थिती रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0