देश र जनतालाई सुरक्षा दिने सुरक्षा कर्मी (प्रहरी) नै असुरक्षित
लुम्बिनीताजाखबर, फागुन १२, कपिलवस्तु।
देश र जनताको सुरक्षामा दिन रात खटिएको प्रहरी सुरक्षाकर्मी नै असुरक्षित छन भने अरू त के कुरा गर्नु? भोलि आउने संकट लाई महसुस गर्दै सबै सरोकार वर्गमा र सम्बन्धित निकायहरुलाइ हार्दिक अपिलका साथ ध्यानाकर्षण गर्न आग्रह गर्दछु।
तस्बिर भित्रको यो डरलाग्दो प्रहरी भवन को स्थिती यो कुनै सामान्य घर होइन यो कपिलवस्तु को मायादेवी गाउँपालिका भित्र रहेको ४ नं वडा भित्र पर्ने चाकरचौडा इलाका प्रहरी कार्यालय को हो।
यस भित्र बस्ने प्रहरी आफै सुरक्षित नरहेको हृदय स्पर्शी गुनासा हरु त्यही भित्रका सुरक्षाकर्मी साथी हरु हामी यस कार्यालय भित्र पस्ने बित्तिकै पोखेका छन।
अब हामी आफै विचार गरौं कि सरकार ले जब आफनै बिभाग भित्र पर्ने अहम जिम्मेवारी बोकेका प्रहरी साथी हरुको जीवन संग यस्तो खेलवाड गर्दै आएको छ भने हाम्रो आधारभूत आवश्यकता जुन नेपालको संविधान २०७२ भित्र मौलिक हक को रुपमा स्थापित रहेको छ त्यसको ग्यारेन्टी कसरी पूरा गर्न सक्छ वा कति जिम्मेवार हुन्छ?
यदि पूरा गर्नेछ भने यहाँ बस्ने प्रहरी साथी हरु यस्तै जिर्ण सीर्ण कार्यालय भित्र बस्न किन बाध्य भएका छन?
१- के नेपाल प्रहरी नेपाली नागरिक होइनन?
२- के उहाँ हरुको परिवार छैनन?
३- यस्तो जीर्ण घर भित्र हाम्रो देश का उच्च वहदावाला प्रधानमन्त्री देखि मन्त्री हरु बसेर एक रात बिताउंछन?
४ के नागरिक वा समाज भित्र भए गरेका अपराध हरुको न्यूनीकरण गर्न दिनरात खट्ने प्रहरी हरु नेपाल को संविधान ले ग्यारेन्टी गरेका मौलिक हक प्राप्त गर्ने अधिकार पाएका छैनन?
जस्ता थुप्रै प्रश्न हरु दृश्य हेर्दा उठ्नु स्वाभाविक रहेछ।
म नेपाल को एउटा शिक्षित नागरिक भएको नाता ले यस्ता घटनाक्रम को जानकारी सम्बन्धित सरोकारवाला लाई अवगत गराउन आफ्नो कर्तव्य ठानेको छु।
मैले उठाएका कुराहरु जायज छन भने सम्बन्धि निकाय समक्ष दृष्टिगत गराउने हामी सबै राष्ट्रवाद का प्रवल प्रवर्तक नेपाली नगगरिक हरुको नैतिक दायित्व हो।।चेतना भया्
प्रतिकृया दिनुहोस्