लुम्बिनीमा पौष १५ गते सडक खाना महोत्सव हुने
लुम्बिनीमा पौष १५ गते सडक खाना महोत्सव हुने
अँग्रेजी नयाँ वर्षको उपलक्ष्यमा लुम्बिनी प्रदेश स्तरीय सांस्कृतिक महोत्सव तथा दशौं फूड फेष्टिबल हुने भएको छ । लुम्बिनी होटल संघको आयोजनामा ३१ डिसेम्बर (पुस १५) को दिन लुम्बिनीमा सडक खाना महोत्सव हुने भएको हो ।
स्थानीय खानपिनका परिकारहरुका साथै लुम्बिनीमा रहेका अन्तरष्ट्रिय बिहारहरुको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, क्याम्बोडिया, म्यानमार, श्रीलंका आदि देशका परिकारहरु महोत्सवमा उपलब्ध गराइने आयोजकले जनाएको छ । यस वर्षदेखि महोत्सवलाई प्रदेश स्तरीय मान्यतासहित मनाउन लागिएको र छिमेकी पालिका संग समन्वय र रातको समयमा कार्यक्रममा सहभागी लाई यातायात ब्यबस्थापन गर्ने बताउनु भयो। लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले वानकारी दिनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी साँस्कृतिक नगरपालिका मेयर सजरुद्धीन मुसलमानले लुम्बिनी खाना महोत्सव बिगत भन्दा राम्रो ब्यबस्थापन सहित खाना महोत्सव सम्पन्न गर्न नगरपालिकाले सक्दो आर्थिक सामाजिक सहयोग गर्ने भनाइ राख्नु भयो।
महोत्सवमा बुद्धिजम खाना स्थानीय थारु समुदाय, मुस्लिम समुदाय, पश्चिमी तराईका ब्राह्मण समुदाय, नेवारी समुदाय, गुरुङ्ग, मगर समुदाय, आदिका खानपिनका साथै पाल्पाको किनिया रोटी बटुक, हाँसको छोइला, यस क्षेत्रकै पहिचान बनेको चुकौनी, यस क्षेत्रकै नामि मिठाइ इम्रिति (अमृति) लगायतका परिकार उपलब्ध रहने उनले बताउनु भयो ।
महोत्सवमा नौमति, पञ्चेबाजा बिरहा थारु झुमराका साथै आधुनिक पप डिजे गीत संगीतको माध्यमबाट मनोरञ्जन उपलब्ध गराईने संघका वरिष्ठ उपाध्यक्ष लिलामणी शरमाले बताउनु भयो । लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष तथा लुम्बिनी पर्यटन विकास परिषद समत आयोजकका रुपमा रहेको उनले बताउनु भएको ।
महोत्सव लक्षित गरि लुम्बिनी होटल संघले पुस कार्यक्रममा अबधि होटलका कोठामा १५ प्रतिशत सम्म छुट उपलब्ध गराउने संघका महासचिव पुरुषोत्तम अर्यालले जानकारी दिनु भयो । महोत्सवमा भारतबाट २० हजार बढी पर्यटक आउने आयोजकले दाबी गरेको छ । महोत्सव लक्षित यहाँको सुरक्षा व्यवस्थापनका लागि पनि नेपाल र भारतका सुरक्षा निकाए संग समन्वय भैरहेको आयोजकले जनाएको छ कार्यक्रम बुद्ध ग्राममा सम्पन्न भएको थियोे ।
प्रतिकृया दिनुहोस्