February 16, 2026, Monday
२०८२ फाल्गुन ४, सोमबार

प्रधानमन्त्रीसँग विदेश गएकाको सूची स्पष्ट पारिदिनुहोस् : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसासम्बन्धी विषयमा सार्वजनिक रुपमा अनेक अड्कलबाजी गरिएको भन्दै प्रतिनिधिसभामा स्पष्ट जानकारी दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले प्रधानमन्त्रीसँग विदेश भ्रमण जान टिलोको निधो मन्त्रिपरिषद् बैठकले निर्णय गरेर मात्रै टुङ्गो लगाउने बताए । उनले भने, ‘भिजिट भिसाका बारेमा केही समयदेखि संसदमा निरन्तर कुराहरु उठ्दै आइरहेका छन् । त्यो विषयमा अख्तियारले छानबिन गरिरहेको छ, अनुसन्धान भइरहेको छ ।

Advertisement

सरकारले गठन गरेको समितिले पनि काम गरिरहेको छ ।’ उनले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँगै गएकामध्ये को फर्किए, को उतै बसे भन्ने विषयमा तथ्यमा आधारित जानकारी आवश्यक रहेको बताए । ‘प्रधानमन्त्रीको प्रतिनिधिमण्डल मन्त्रिपरिषद्को निर्णयपछि मात्रै जान्छ र त्यसपछि सार्वजनिक हुन्छ । त्यसैले म माननीय सदस्य साथीहरुलाई आग्रह गर्न चाहन्छु, को को जानुभयो ? को फर्किनुभयो ? स्पष्ट जानकारी दिए सरकारलाई सजिलो हुन्थ्यो,’ मन्त्री लेखकले भने । गृहमन्त्रीले संसदमा जिम्मेवार ढंगले कुरा उठाउन आग्रह गर्दै अड्कलबाजीमा आधारित सूचना सार्वजनिक नगर्न आग्रह गरे । ‘कल्पनामा, अनुमानमा, असत्यका पुलिन्दा बाँधेर कहिँ पुगिँदैन,’ उनले चेतावनी दिए। भिजिट भिसा दुरुपयोग र स्पेन भ्रमणसम्बन्धी विषय संसदमा पछिल्लो समय विवादको रुपमा उठिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0