May 10, 2026, Sunday
२०८३ बैशाख २७, आईतवार

मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले जारी गरेको सूचनालाई पालना गर्न प्रधानमन्त्रीको अपिल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको भन्दै सतर्क रहन आग्रह गरेका छन् ।

Advertisement

उनले मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गर्न आग्रह गर्दै अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन् ।

उनले भनेका छन्-

मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0