April 14, 2026, Tuesday
२०८३ बैशाख १, मंगलवार

लुम्बिनी प्रदेशका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनी । लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

Advertisement

बर्का अट्वारी पर्वको अवसरमा थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने र व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता रहेको छ । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयले  सुचना निकालेर सार्वजनिक बिदा दिने  जनाएको छ । यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0