सैनामैना ८ दुधराक्ष बाँसगढी खानेपानी तथा सरसफाइ सम्बन्धि अन्तक्रिर्या कार्यक्रम सम्पन्
असोज १८, सुर्यपुरा, रुपन्देही।
असोज १६गते । रुपन्देहीको सैनामैना ८ दुधराक्ष बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था खानेपानी सरसफाइ सम्बन्धि अन्तक्रिर्या कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रमको सुरुवातमै संस्थाका वरिष्ठ उपाध्यक्ष निरु बहादुर पुलामीले उपस्थिति सम्पूर्ण लाई स्वागत गर्दै खानेपानी मानव जिवनको लागि अतिनै महत्त्वपूर्ण हुदा संरक्षणमा सबैको चासो हुनुपर्ने उहाँको भनाइ रहेको थियोे ।
सैनामैना नगरपालिका बासगढी ठूलो उकालीमा २०६६ मा स्थापित बासगढी खानेपानीले सैनामैना वाड नं. ७ ,८,९ कञ्चनको वाड न १ लाई खानेपानी वितरण गर्दै आएको छ । यस्तै अतिथिहरुमा खानेपानी डिभिजन योगिकुटी कार्यलय पश्चिम् शाखा इन्चार्ज गेहेन्द्र बराल नेकपा एमाले सैनामैनाका सदस्य कृष्ण घिमिरे सैनामैना नगरपालिका वाड न ८ वाड सदस्य न्याय समिति इश्वरी भण्डारी नेकपा पाटी कि नेता देवि भट्टराई जनचेतना माध्यमिक बिधालयका प्राचार्य रेसम चालिसे लगाएतले पानी सबै लाई आवश्यकता हुने हुदा मानव जीवनको लागि खानेपानी अतिनै महत्त्वपूर्ण रहेको भन्दै खानेपानीको संरक्षणमा सबै लाग्नु पर्ने र सुदृढीकरण गरेको पानी ग्राहक को घरमा पुराउने काम नै अहिले को प्रमुख प्राथमिकता रहेको बताउदै बाँसगढी खानेपानीले गरेको काम पर्ती ग्राहक सन्तुष्ट रहेको बताउदै अन्तक्रिर्या कार्यक्रमले संस्था लाई थप मजबुत बनाउने सबैको भनाइ रहेको थियोे ।
उक्त कार्यक्रममा दुधराक्ष बासँगढी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष छबिलाल पाठकले संस्थालाई अगाडि बढाउन ग्राहकको समितिको कर्मचारीको सुझाव र मेहनतले संस्थाको प्रगतिभएको भन्दै संस्थालाई अगाडि बढाउने जिम्मेवारी सबैको रहेको भन्दै समुदाय स्तर बाट सल्लाह सुझाव दिन र ग्राहक लाई कुनै समस्या भए संस्था मा आफ्नो कुरो राख्न समेत अनुरोध गर्नु भएको थियोे ।
कार्यक्रमको सन्चालन दुधराक्ष खानेपानी संस्थाका सचीव मुक्त बहादुर थापाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्