October 5, 2024, Saturday
२०८१ आश्विन १९, शनिबार

अभिभावकहरुलाई ३ दिवसीय रुपान्तरण तालिम सम्पन्न:

लुम्बिनीताजाखबर, भाद्र ०९, कपिलवस्तु ।

Advertisement

अभिभावकहरुलाई रुपान्तरण कक्षा वारे ३ दिवसीय तालिम UNFPA को आर्थिक सहयोग VSO को सहकार्य र मधेश मानव अधिकार गृह (माहुरी होम) को संयुक्त साझेदारीमा संचालित बालविबाह अन्त्यका लागि विश्वव्यापी किशोरी सशक्तिकरण परियोजना अन्तरगत कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकामा ४ समूहका २०/२० जना अभिभावकहरुलाई रुपान्तरण कक्षा वारे तालिम प्रदान गरिएको छ ।

 

रुपान्तरण शिक्षाले किशोर किशोरीहरुको जीवनमा सकारात्मक परिवर्तन कसरी आउछ र त्यसको लागि अभिभावकहरुको के कस्ता भूमिकाहरु हुनु पर्दछ भन्ने विषयमा रुपान्तरण कक्षाले विभिन्न विषयवस्तु माथि छलफल मार्फत सिकाई आदान प्रदान भएको छ ।

 

परियोजनाको उद्देश्य: बाल विबाह तथा लैंगिक हिंसाको अन्त्य, किशोर किशोरीहरुलाई सामाजिक हानिकारक मूल्यमान्यता वारे सचेत गराउनु, बाल विबाह रोकथाम गर्ने, किशोरी सशक्तिकरण, सामाजिक तथा लैंगिक मान्यतामा रुपान्तरण र बालविबाह रोकथाममा स्थानीय सरकारको प्रयास जस्ता उद्देश्यलाई सफल बनाउनका लागि कपिलवस्तु शुद्धोधन गाँउपालिका २५ समूहका अभिभावकहरुलाई रुपान्तरण कक्षा वारे तालिम संचालन गरिने छ ।

 

अभिभावकहरुलाई रुपान्तरण तालिममा विभिन्न विषयवस्तुहरु बाल अधिकार, किशोरावस्था, लैंगिकता र सामाजिक समावेशीकरण, यौन तथा प्रजनन स्वास्थ्य, बाल बिबाह, दुरब्यवहार र हिंसा लागु पदार्थ, जीविकोपार्जन र आर्थिक शिक्षा लगायतका विषयवस्तुमा सहजकर्ताहरुले सहजीकरण गर्नु भएको थियो ।

 

सामाजिक रुपान्तरणमा अहम भूमिका निर्वाह गर्न अभिभावकहरुलाई तयार पार्नका लािग खेल, कथा, कहानी, गीत, चित्र, भीडियो र भूमिका अभिनय लगायतको विधिवाट तालिम भएको थियो ।

 

उक्त कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, माहुरी होमका अध्यक्ष प्रेम चन्द्र जयसवाल, VSO कुमार गुरुङ, VSO राना श्रेष्ठ, UNFPA केश मल्ल, UNFPA अपेक्षा राणा, UNFPA स्मृति गुरुङ, UNFPA संजय शर्मा, माहुरी होमका लक्ष्मी श्रेष्ठ उपस्थिति रहेको जानकारी परियोजनाका जिल्ला सुपरभाईजर रिखिराम निगमले दिनु भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0