October 5, 2024, Saturday
२०८१ आश्विन १९, शनिबार

इलाका प्रहरी पकडीद्धारा नागरिक सुनुवाई कार्यक्रम:


असोज ११, कपिलवस्तु ।

Advertisement

ईलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुले शान्ति सुरक्षा कायम र अपराध नियन्त्रणमा उल्लेख्य प्रगति गरेको देखिएको छ ।

आर्थिक बर्ष २०७७/७८ र चालु आर्थिक बर्षको असोज महिनाको दोस्रो हप्तासम्म भएका बिभिन्न काम र गतिविधिलाई तथ्यांङकमा हेर्दा उल्लेख्य प्रगति गरेको पाइएको हो । सोमबार मायादेवी गाउपालिकाको वडा नम्बर ७ मा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रहरी निरीक्षक कृष्ण खत्रीले सार्वजनिक गर्नु भएको कार्यप्रगतिविवरणमा झै झगडा, चोरी शिकारी, मापसे कुटपिट, सवारी दुर्घटना, यौन दुर्वब्यवहार, हत्या लगायतका घटनाहरुको विवरणमा विगतका बर्षहरुमा भन्दा उल्लेख्य काम भएको पाइएको छ ।

 

 

यता आत्महत्याका घटनामा भने वृद्धि भएको पाइएको छ । गाउपालिका अध्यक्ष समस्याको रुपमा आत्महत्या र लागु पदार्थ दुव्र्यसनी रहेको बताउँदै उहाँले गत बर्ष मात्र १२ जनाले आत्महत्या गरेको, ४ जान सडक दुर्घटना, ६ जना बीस सेवनबाट, ३ लागू औषध गरेको बताउनु भयो । समग्रमा अपराध न्यूनिकरणमा पकडी प्रहरी सफल देखिएको छ ।

 

सार्वजनिक सुनुवाइमा सहभागीले प्रहरी निरीक्षक कृष्ण खत्रीको कमाण्डले राम्रो काम गरेकोमा प्रसंसा गरे ।कार्यक्रमको अध्यक्ष प्रहरी नायब उपरीक्षक धर्मराज, प्रमुख अतिथि गाउँपलिका अध्यक्ष बजरंगी चौधरी, विशिष्ट अतिथि मायादेवी गाउपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिना, विशिष्ट अतिथि वडा नम्बर ३ वडाअध्यक्ष सुखदेव तिवारी, विशिष्ट अतिथि वडा नम्बर ७ का वडा अध्यक्ष जनार्दन चौधरी, विशिष्ट अतिथि खेलकुद बिकास समिति बोर्डका सदस्य चन्द्र शर्मा, जिल्लाका नेपाल प्रहरी र सशस्त्र बाल प्रहरी चकर चौडा का सशस्त्र प्रहरी निरीक्षक सन्तोष बनिया लगायत उपस्थिति रहेको थियो ।

यस कार्यक्रमको अध्यक्ष प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारी सहभागिले उठाएको जिज्ञासाको जवाफ दिँदै प्रहरीको काममा सन्तुष्टि जनाउनु भयो । उहाँले समग्र जिल्लाको शान्ति सुरक्षाको प्रतिबद्धता गर्नुभए र आउदै चाडपर्व केन्द्रित योजनाको बारेमा पनि जानकारी गराउनु भएको थियो ।

 

प्रहरी नायब निरीक्षक देव बहादुर केसी संचालनमा सम्पन्न कार्यक्रममा दलित पत्रकार जिल्ला सदस्य राजकुमार चमार, मायादेवी बजार व्यवस्थापनका अध्यक्ष प्रमात्मा बानिया, राष्ट्रिय आधारभूत विद्यालय का प्र.अ.राम विनोद चौधरी, समाजसेवी राजराम यादव, महन्त प्रसाद कोहार, मुन्नु चौधरी लगायतले शान्ति सुरक्षा, जनताका समस्या समाधान लगायतका विषयमा जिज्ञासा र सुझाव राख्नु भएको थियो । कार्यक्रममा समाजसेवी, विभिन्न संघ संस्थाका पदाधिकारी, राजनीतिज्ञक, मानव अधिकारकर्मी, संचारकर्मी, बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0