December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा सप्पन्न

बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा सप्पन्न


दीपक /सुमन जैसवाल , कंचन

मसिर १७गते /रुपन्देहीको कञ्चन १ बेलभरियामा सन्चालित योजना बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा सप्पन्न भएकोे छ।

Advertisement

उक्त कार्यक्रमका प्रमुख अतिथि कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कुनै पनि संस्था जन्मदिनु भन्दा जन्मपछिको संस्थालाई निरन्तर दिन सक्नुनै पहिलो प्राथमिकता रहेको बताउदै लक्ष्य बनाएर काम गर्दै अगाडि बढनु पर्ने भनाइ राख्दै सहकारीहरु नाफामुखी भन्दानी सेवा मुखी हुनुपर्ने र सहकारीलाइ गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो । सुकुम्बासी जग्गा कञ्चनमा धेरै रहेकोले धितो राख्न नपाएको भन्दै नापिको काम केही समय पछि लगातार काम सुरु गर्न गाउँपालिकाले एक वर्ष भित्र सवै गाउँपालिका भित्रका जनतालाई लाल पुर्जा दिने आफ्नो भनाइ राख्नु भयो ।

 

कार्यक्रममा विशिष्ट अतिथि कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापाले छोटो समयमा सहकारीले अत्यन्तै राम्रो प्रगति गरेको भन्दै सहकारी भनेकै सहकार्य गरेर अगाडि जानुनै सहकारीको वास्तविक काम रहेको र सहकारीलाई आफ्नो क्षेत्र बाट सक्ने सहयोग सधै गर्ने भनाइ राख्दै उपस्थिति सबैलाई धन्यवाद दिनुभएको थियोे ।

कार्यक्रममा विशिष्ट अतिथि गैडहवा गाउँपालिका वाड न ८ का अध्यक्ष भुवन राना वाड न ९ अध्यक्ष मिना क्षेत्री थापा कञ्चन गाउँपालिका वाड १ का अध्यक्ष हरिनारायण थारु , कञ्चन सहकारी संजाल का अध्यक्ष राधिका चौधरी ,नमस्ते बचत तथा ऋण सहकारी संस्था उपाध्यक्ष लक्ष्मी शर्मा , प्रतिबिम्ब कृषि सहकारी संस्था का अध्यक्ष गंगाधर शर्मा, गजेडी – २ बकुलगाड खानेपानी संस्थाका अध्यक्ष देवि थारु , कञ्चन जेसिसका अध्यक्ष राजन शर्मा लगाएतले योजना बचत तथा ऋण सहकारी संस्थाको सातौँ बार्षिक साधारण सभाको सफलता को शुभकामना भनाइ राख्नु भएको थियोे ।

यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु पौडेलले आर्थिक प्रतिवेदन पेस गर्दै योजना बचत तथा ऋण सहकारी अगाडि बढाउने जिम्मेवारी सेयर सदस्य को हुने बताउदै सेयर सदस्य हरुको सल्लाह सुझावलाई मनोनयन गर्दै अगाडि बढ्ने बताउनु भयो ।

कार्यक्रममा स्वगात संस्थाको उपाध्यक्ष सीता गैरेले गर्नु भएको थियोे । लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक निरोज पौडेलले प्रस्तुत गर्नु भएको थियोे । कोषाध्यक्षको प्रतिवेदन संस्थाका कोषाध्यक्ष देवेन्द्र आचार्यले प्रस्तुत गर्नु भएको थियोे ।

 

कार्यक्रममा सहकारी संस्थाको बारेमा प्रकास पार्दै पुर्व अध्यक्ष जित बहादुर पुनले अहिले यो अबस्थामा सहकारी आउनु सबैको सहयोग र साथले मात्रै संभव रहेको बताउदै थप योजना बनाएर अगाडि बढ्ने बताउनु भयो ।

यस्तै कार्यक्रममा उत्कृष्ट बाल बचत कर्ता, पुर्व पदाधिकारी हरुलाइ सम्मान गरिएको थियोे । साथै एस ईई मा उत्कृष्ट अंक ल्याउने प्रगति नमुना माध्यमिक बिद्यालय बिद्यार्थी आश्बिन कंडेललाई सम्मान गरिएको थियोे ।
कार्यक्रमको संचालन संस्थाका सचीव विसन बहादुर कार्कीले गर्नु भएको थियोे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0