October 5, 2024, Saturday
२०८१ आश्विन १९, शनिबार

लुम्बिनीमा- १० वटुकहरुको सामुहिक उपनयन संस्कार जनेऊ सम्पन्न

लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नं१२ अजमा मा रहेको ( गुरुकुल ) श्री लुम्बिनी सनातन संस्कृत विद्या पीठ मा २५ जना अध्यनरत वटुक मध्ये १० जना वटुकहरुको सामुहिक उपनयन संस्कार / (जनेऊ) सभ्य र भव्य रुपले सम्पन्न भएको छ।

Advertisement

श्री लुम्बिनी सनातन संस्कृत विद्या पीठ को आयोजना तथा श्री राम जानकी मन्दिर अजमा सामाजिक सहयोग अध्यक्ष -दीपक प्रसाद लोध , विद्यालय आचार्य परम पूज्य बाल व्यास पं शिवम पान्डेय का दिशानिर्देशनमा कार्यक्रम सम्पन्न भएको हो ।

उत्तर प्रदेश भारतमा रहेका काशी विश्वनाथ (बनारस) बाट आनुभएको वैदिक ब्राह्राण द्वारा पूजन कार्य तथा जनेऊ पूर्ण रुपले सम्पन्न भएको हो । यस ( गुरुकुल ) विद्यालयमा पाठ पूजन यज्ञ तथा भोजन तथा आर्थिक व्यवस्था लगभग ११ महिना देखि निःशुल्क गुरुकुल विद्यालय अहिले सम्म परम् पूज्य बाल व्यास पं शिवम पान्डेय ले चलाउँदै आएका छन् ।

उक्त ( गुरुकुल ) विद्यालयमा विद्यार्थी अध्यनरत कपिलवस्तु /नवलपरासी/रूपन्देही / सिद्वार्थनगर लगायतका विद्यार्थीहरु श्री लुम्बिनी सनातन संस्कृत विद्या पीठमा निःशुल्क शिक्षा अर्पण गर्दै आएका हुन ।

श्री लुम्बिनी सनातन संस्कृत विद्या पीठ अजमा कुटी का महान्त 108श्री बनवारी दास उपाध्याय को गुरुकुल विद्यालयमा ठूलो योगदान र स्थानिए हरुको पनि सहयोग रहेको व्यास पं शिवम पान्डेय ले जानकारी दिए।

 

 

उपनयन संस्कारमा उपस्थित प्रमुख अतिथि सजारुद्दीन मुसलमान , विशिष्ट अतिथि माननीय कन्हैया बनिया , उप-प्रमुख कल्पना हरिजन , वार्ड नं१२ वडा अध्यक्ष हरिकेश लोध , वार्ड नं ४ वडा अध्यक्ष विनोद श्रीवास्तव तथा स्थानिए हरुको निकै उपस्थिति रहेको थियो ।

 

सामुहिक उपनयन संस्कार / (जनेऊ) मा सहयोगी नगेन्द्र लाल श्रीवास्तव , पुनीता यादव , आशुतोष मिश्र , रविकान्त उपाध्याय , राजन शुक्ल , गोविन्द उपाध्याय , शम्भुनाथ उपाध्याय , डा.अजय कुमार श्रीवास्तवा , कृषि विकास बैंक कर्मचारी अलोक उपाध्याय , अरून यादव , लगायत

स्थानिए हरुको सहयोग ले कार्यक्रम सभ्य र भव्य रुपले सम्पन्न भएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0