लियो क्लव ऑफ सुद्धोधन कपिलवस्तु द्वारा गाउँपालिका स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
शुद्धोधन गाउँपालिका मा रहेको लबनी सभाहलमा लियो क्लव ऑफ सुद्धोधन कपिलवस्तुका अध्यक्ष मोहम्मद सलीम फकिर मुसलमानको आयोजनामा सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा गाउँपालिका स्तरिय वक्तृत्वकला प्रतियोगितामा उक्त शुद्धोधन गाउँपालिका, कपिलवस्तु भित्रका विभिन्न समुदायिक र संस्थागत
विद्यालयबाट आएका विद्यार्थी छात्र/छात्रा को अलग अलग शीर्षकमा बेजोड प्रस्तुति गरेका थिए। उक्त वक्तित्वकला प्रतियोगिता संचालन गर्नुहुने लियो क्लब अफ शुद्धोधन कपिलवस्तुका संयोजक विभिन्न विद्यालयका छात्र / छात्रा को सहभागी भएको थियो ।
जसमा छात्र को तर्फ बाट श्री माध्यमीक विद्यालय ठूलो नन्दनगर को छात्रले गाउँपालिका स्तरिय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान ल्याई बिजयी भएको थियो ।
शिवजीत बोर्डिग स्कूलका छात्रले गाउँपालिका स्तरिय वक्तृत्वकला प्रतियोगितामा दृतिय स्थान ल्याई बिजयी भएको थियो ।
पूर्णकेशर उच्च मावि बग्दी विद्यालय को छात्रले तृतिय स्थान ल्याई बिजयी भएको थियो ।
त्यसैगरि छात्रा को सहभागीमा नेपाल राष्ट्रिय माध्यमीक विद्यालय बिमिहा की छात्राले गाउँपालिका स्तरिय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान ल्याई बिजयी भएका थिइन।
नेपाल राष्ट्रिय नमूना माध्यमीक विद्यालय मुडफुतवा को छात्राले गाउँपालिका स्तरिय वक्तृत्वकला प्रतियोगितामा दृतिय स्थान ल्याई बिजयी भएका थिइन।
श्री माध्यमीक विद्यालय ठूलो नन्दमगर विद्यालय को छात्राले तृतिय स्थान ल्याई बिजयी भएका थिइन।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा आउनु भएका शुद्धोधन गाउँपालिका उपाध्यक्ष श्री होम प्रकाश चौधरी(लाला),अतिथिको रूपमा विभिन्न विद्यालयबाट पाल्नु भएको शिक्षक/ शिक्षिका तथा गाउँपालिका उप प्रमुख छात्र छात्राहरु को संख्या लगभग 300 जनाको उपस्थिति थियो । कार्यक्रमको निर्णायक भूमिकामा संजय कुमार पसी ,ए बी ढकाल तथा विजय कुमार शुक्ल र हेमञ्चल यादव लगायतका कार्यक्रमा उपस्थिति थियो ।
लियो क्लब ऑफ शुद्धोधन कपिलवसतु द्वारा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता २०८० लियो क्लब ऑफ शुद्धोधन कपिलवसतु का अध्यक्ष मोहम्मद सलीम फकिर मुसलमान को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।



















प्रतिकृया दिनुहोस्