December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न कर्यक्रमा वोल्दै गृहमन्त्री सन्तोष पाण्डे अब देश बनाउने जिम्म युवाको काँधमा

 

Advertisement

लुम्बिनी / प्रदेश स्तरीय युवाहरू द्वारा अनिवार्य नि:शुल्क शिक्षा तथा गुणास्तरीय शिक्षा प्रवर्द्धनका लागि प्रदेश स्तरीय सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

स्ट्रोम फाउन्डेशन को सहयोग र लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मंत्रालय भालुवाङ्ग को समन्वय तथा सिद्धार्थ समाजिक केन्द्र प्राविधिक सहयोगले कार्यक्रम होटेल एभरल्याण्ड भालूवाङ्ग दाङ्गमा भव्यरूपले सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारको गृहमन्त्री माननीय सन्तोष पाण्डे , विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालयको सचिव थनेश्वर ज्ञावली र सामाजिक विकासका माहा शाखा प्रमुख शारदा बस्याल

 

अतिथि सिद्धार्थ सामाजिक विकास केन्द्रका सचिव दुर्गा अर्याल, National campian education का प्रदेश सचिव कृष्ण मल्ल , नेपाल पत्रकार महासंघ , कपिलवस्तु जिल्ला उपाध्यक्ष हरी अधिकारी

SSDC का बरिष्ठ कार्यक्रम संयोजक RT Khan र लुम्बिनी ताजा खबरका निर्देशक शिशिर मिश्र र सहसम्पादक अनिल पटेल साथै विभिन्न जिल्लाका किशोर र किसोरी तथा युवाहरूको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा गृहमन्त्री शुभकामना दिदै भने देशमा रहेका सम्पूर्ण युवाहरु देश बनाउने जिम्मेवारी काँधमा थपिएको र आ आफ्नो सपना साकार गर्ने समय आएको र विकासमा युवाले ठुलो भुमिका निर्वाह गर्न आवश्यक रहेको भन्ने कुरा प्रदेशका गृहमन्त्री पाण्डेले बताए ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0